२१ जेष्ठ २०८३, बिहीबार

ताजा-अपडेट

पेशागत स्वास्थ्य तथा सुरक्षासेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न

पेशागत स्वास्थ्य तथा सुरक्षासेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदता नेपालगन्ज, पुस ६ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले स्वास्थ्यकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा सेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम नेपालगन्जमा सम्पन्न गरेको छ । संस्थाले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा बाँकेका तीनवटा पालिकामा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो तालिम आयोजना गरिएको हो । परियोजनामा संलग्न रहनु भएका नेपालगन्ज उपमहानगर, खजुरा र डुडुवा गाउँपालिकाका १५ सय किसान तथा ५ सय सरसफाईकर्मीको पेशागत जोखिम न्युनिकरण र स्वास्थ्य सुनिश्चितताका लागि परामर्श तथा जाँचहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुमा नियमित हुने गरेको छ । सोही सेवालाई थप प्रभावकारी बनाउन पुनर्ताजगी तालिम संचालन गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो । सो तालिमको प्रमुख प्रशिक्षकमा एमडीएम फ्रान्सका मेडिकल कोअर्डिनेटर सन्ध्या सुवेदी ...
सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ४ । बिहिबार दिउँसो जब सयौं बिद्यार्थिहरु एकै पटक बिभिन्न रंगविरंगी लुगा लगाएर आकर्षक नृत्य गर्दै मैदानमा उत्रिए, ठुलो संख्यामा त्यहाँ उपस्थित अभिभावक र अतिथिहरु सो दृष्य कैद गर्न आआफ्नो मोबाइलमा निकै बेरसम्म व्यस्त दखिए । यो दृष्य थियो, बाँके जिल्लाकै उत्कृष्ट बिद्यालयहरुमध्येको एक सोफिया रेजिडेन्सियल ईंगलिस स्कुल नेपालगन्जको बिद्यालय परिसर भित्रको खुला मैदानको । जहाँ भव्य कार्यक्रमको आयोजना गरी बिद्यालयले आफ्नो १८ औँ वार्षिकोत्सव तथा क्रिसमस सेलिब्रेसन मनाउँदै थियो । सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका बिद्यार्थिहरुले प्रस्तुत गरेको सामुहिक नृत्य, नाटक र लोपोन्मुख नृत्यमा करिब ५ घण्टासम्म सबै मंत्रमुग्ध भए । सो बिद्यालयका बालबालिकाले प्रस्तुत गरेको प्रस्तुती अतिनै सराहनीय र उत्कृष्ठ रहेको अधिकांशको प्रतिक्रिया थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क...
नाजिया बनिन् एक दिनका लागि गुलरिया नगरपालिकाकी उपमेयर

नाजिया बनिन् एक दिनका लागि गुलरिया नगरपालिकाकी उपमेयर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस ३ । बर्दियाको गुलरिया नगरपालिकामा रहेको प्रगति किशोरी क्लबकी सदस्य नाजिया खानले एक दिनका लागि उपमेयर सावित्रा गौतमको पदभार ग्रहण गरेपछि आफुमा समाजका लागि केही गर्ने आत्मविश्वास बृद्धि भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले किशोरीहरुको क्षमता विकासमा पनि ठुलो योगदान गरेको बताउनुभयो । प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले संचालन गरेको शसक्त बालिका परियोजनाको गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत नाजिया खान गुलरिया नगरपालिकाको एक दिनको उपमेयर बन्नु भएको हो । सो कार्यक्रमको उदेश्य किशोरीहरूलाई उनीहरूको रोल मोडेल बन्न सक्ने क्षमतालाई महसुस गर्न र भविष्यमा नेतृत्वदायी भूमिका खेल्न थप प्रोत्साहित गरेर उनीहरूलाई सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । सो अवसरमा बोल्दै गुलरियाका उपमेयर सावित्रा गौतमले गल्र्स टेकओभर कार्यक्रम...
बाँकेको डुडुवा गाउँपालिकामा पोषण लेखाजोखा सम्बन्धि अभिमुखिकरण सम्पन्न

बाँकेको डुडुवा गाउँपालिकामा पोषण लेखाजोखा सम्बन्धि अभिमुखिकरण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँकेको डुडुवा गाउँपालिकामा पालिकास्तरीय पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । केयर नेपाल, आइडि नेपालसंगको साझेदारीमा बी–ग्रुपद्धारा बाँकेमा संचालित पोषण परियोजनाको आर्थीक सहयोग र डुडुवागाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सो अभिमुखिकरण मंगलवार सम्पन्न भएको हो । गाउँपालिकामा रहेका ६ देखि ५९ महिनाका बालबालिकाहरुको पोषण लेखाजोखा तथा व्यवस्थापनको सम्बन्धमा आयोजना गरिएको सो कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष साहिदा बानोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष बानोले अशिक्षा र जनचेतनाको अभावले गाउँमा बालबालिकाहरु कुपोषणको शिकार हुने गरेको जनाउँदै यो परियोजनाले सो समस्या समाधान गर्न सहयोग गर्ने बताउनुभयो । आजका बालबालिका भोलीका कर्णधार भएको जनाउँदै उहाँले पोषण परियोजनालाई सफल पार्न सिंगो गाउँपालि...
बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि अभिमुखिरण सम्पन्न

बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि अभिमुखिरण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस २ । बाँकेको जानकी गाउँपालिकामा ६ देखि ५९ महिनाका ५९ जना बालबालिकामा कुपोषणको समस्या देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको पोषण परियोजना अन्तर्गत नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा सो जानकारी गराईएको हो । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण लेखाजोखा तथा व्यवस्थापन सम्बन्धि पालिकास्तरीय जानकी गाउँपालिकाको एक दिने अभिमुखिरण कार्यक्रम नेपालगन्जमा मंगलवार सम्पन्न गरिएको छ । सो कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले अशिक्षा, गरिबी र चेतनाको अभावले गर्दा पोषण सम्बन्धि समस्या रहेको जनाउँदै यस्ता परियोजनाबाट सो समस्या समाधान हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले परियोजनालाई सफल पार्न पालिकाले हरेक प्रकारको सहयोग, समन्वय र सहक...
बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ वालविवाहमुक्त वडा घोषणा

बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ वालविवाहमुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १८ । बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बढैयाताल गाउँपालिकाको वडा नम्बर ८ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको अथक प्रयास र संयुक्त सहकार्यबाट यो उपलब्धि सम्भव भएको वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले बताउनुभयो । वडा नं ८ का वडा अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको वालविाहमुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकालले बर्दियालाई वालविवाहमुक्त जिल्ला बनाउन सबैले लाग्नु पर्ने बताउनुभयो । उहाँले सो कार्यमा संलग्न सबै सरोकारवालालाई उक्त अवसरमा धन्यवाद पनि दिनुभयो । सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका मुख्य सल्लाहकार लक्ष्मण ज्ञवाली, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र गाउँपालिकाक...
असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको निशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको निशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको उपचार

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १६ । बाँकेको राप्तिसोनारी गाउपालिका वडा नम्बर ६ को सुकमैया प्राथमिक विद्यालय नयाँबस्तीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार भएको शिविरमा ११५ जनाको निशुल्क चेकजाँच र उपचार गरिएको हो । नेपालगन्जस्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ६ को संयोजनमा निशुल्क स्वस्थ्य शिविर भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताउनु भयो । शिविरमा उपस्थित लक्षित समुहलाई सम्बोधन गर्दै वडा अध्यक्ष लवराज खरेलले विभिन्न स्वस्थ्य शिविर भएपनि आजसम्म नाक, कान, घाँटीको स्वस्थ्य शिविर नभएको बताउनु भयो । उहाँले भनुभयो–गाउपालिकाले पहिला एकपटक शिविरको आयोजना गरेको थियो । तर त्यसपछि यसप्रकारको स्वस्थ्य शिविर हुन सकेको थिएन । तपाईहरुले यस्तो महत्वपूर्ण स्वस्थ्य शिविर ल्याएर आउनुभएको लागि धन्यवाद व्यक्त गर्दछु । वडाबासीलाई निशुल्क स्व...
गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तिम चरणमा

गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तिम चरणमा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
१२ वडा मध्ये ११ वटा वडा बालविवाहमुक्त घोषित समाचारदाता नेपालगन्ज, मंसिर १५ । बर्दियाको गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका वडाहरुलाई विभिन्न प्रक्रिया पुरा गरेर बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर ९ र १० लाई पनि शुक्रवार बालविवाहमुक्त वडा घोषित गरिएको हो । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा आयोजित एक भव्य समारोहमा गुलरिया नगरपालिकाको वडा नम्बर ९ र १० लाई पनि औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत हालसम्म नगरपालिकाका १२ मध्ये ११ वटा वडालाई बालविवाहमुक्त घोषित गरिसकिएको बताउनुभयो । अब वडा नम्बर २ मात्र घोषित हुन...
गुलरिया नगरपालिका ११ नम्बर वडा पनि बालविवाहमुक्त वडा घोषित

गुलरिया नगरपालिका ११ नम्बर वडा पनि बालविवाहमुक्त वडा घोषित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १४ । बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर ११ लाई पनि बालविवाहमुक्त वडा घोषित गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाको वडा नम्बर ११ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर ११ का वडा अध्यक्ष विशु यादवको अध्यक्षतामा आयोजित भव्य समारोहमा उक्त घोषणा गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले अब छिटै गुलरिया नगरपालिकालाई नै बालविवाहमुक्त पालिका घोषणा गरिने बताउनुभयो । सो अवसरमा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल, गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर...
बर्दियाको गुलरिया ३ पनि बालविवाहमुक्त वडा बन्यो

बर्दियाको गुलरिया ३ पनि बालविवाहमुक्त वडा बन्यो

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १४ । गुलरिया नगरपालिकाको थप एक वडालाई पनि बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाका सबै वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ लाई पनि बालविवाहमुक्त घोषित गरिएको हो । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने र्काक्रम अन्तर्गत वडा नम्बर तीन लाई पनि घोषणा गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । गुलरिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सर्वजित यादवको अध्यक्षतामा भएको भव्य समारोहबीच उक्त घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले नगरपालिका भरी बालविवाहलाई शून्यमा झार्ने लक्ष्य राख्दै बालविवाह उन्मूलनका लागि वडाहरुलाई बालविवाहमुक्त घोषणा गरिरहेको बताउनुभयो । सो अवसरमा गुलरिया नगरपालिकाबाट वरिष...