२० जेष्ठ २०८३, बुधबार

ताजा-अपडेट

नेपालगन्ज–डुडुवाको ‘कनेक्टिभिटी’संगै समान विकास मुख्य प्राथमिकता हो–ईश्तियाक राई

नेपालगन्ज–डुडुवाको ‘कनेक्टिभिटी’संगै समान विकास मुख्य प्राथमिकता हो–ईश्तियाक राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन १३ । पश्चिमको ठूलो शहर नेपालगन्ज बाँके निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ । यसै क्षेत्रमा छिमेकको डुडुवा गाउँपालिका पनि पर्छ । तर, विकासको दृष्टिले दुबै ठाउँमा आँँकाश जमिनको फरक छ । त्यस्तो फरकलाई समाप्त पार्नकै लागि नेपालगन्ज–डुडुवा ‘कनेक्टिभिटी’ सो क्षेत्रका एमाले उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको मुख्य प्राथमिकतामा परेको छ । उहाँले केही दिनअघि सार्वजनिक गर्नुभएको प्रतिवद्धता पत्रमा पूर्वाधार अभाव झेलिरहेको डुडुवा गाउँपालिकालाई पूर्वाधार सम्पन्न बनाउने कुरालाई महत्वका साथ राख्नु भएको छ । पूर्वमन्त्री राई भन्नुहुन्छ–‘नेपालगन्जबाट डुडुवा निस्किएको मान्छेले विकासको फरकपना महसुस नगरोस् । धेरै सम्भावना र आशा हुँदाहुँदै पनि डुडुवा पछि परेको छ । तर अब बिगतको जस्तो हुँदैन ।’ छोटो समयका लागि भौतिक पूर्वाधार मन्त्री हुँदा पनि राईले डुडुवा क्षेत्रका...
शक्ति प्रदर्शनबाट हौसिएका विष्टले विहानै फेरी शुरु गरे घरदैलो र मतदाता संवाद अभियान

शक्ति प्रदर्शनबाट हौसिएका विष्टले विहानै फेरी शुरु गरे घरदैलो र मतदाता संवाद अभियान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन १३ । मंगलवार शक्ति प्रदर्शन गरेर सबैलाई झस्काउन सफल भएका बाँके २ का उम्मेदवार दिपेन्द्र विष्ट फेरी बुधवार विहानैबाट मतदाता भेटघाट र घरदैलोमा कस्सिएका छन् । उनले बिहानको शीतल हावासँगै नेपालगन्ज–१४ का टोलहरूमा पुगेर चुनावी चहलपहललाई बढाउनुका साथै जनतासंग आत्मियता समेत बढाएका छन्। बुधबारबाट बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिष्ट बिहानैदेखि फेरी घरदैलो अभियानमा सक्रिय भएका हुन् । घर–घरमा पुगेर उनले मतदातासँग आत्मीय संवाद गर्दै वृद्धवृद्धा, महिला र युवासँग बसेर स्थानीय समस्या सुन्नुका साथै मतदान कसरी गर्ने भन्ने व्यावहारिक जानकारी पनि दिएका छन्। मतपत्रमा सही चिन्ह लगाउने तरिका सम्झाउँदै उनले सही मत नै सशक्त आवाज भएको जनाउँदै मतलाई मदर नहुने गरि मतदान गर्न अनुरोध गरे । आफ्नो प्रमुख एजेन्डा ‘भ्रष्टाचार शून्य बाँके–२’ लाई पुनः दोहोर्या...
बाँके–२ मा युवा उम्मेदवार दिपेन्द्र बिष्टको जलवा, जताततै परिवर्तनको लहर

बाँके–२ मा युवा उम्मेदवार दिपेन्द्र बिष्टको जलवा, जताततै परिवर्तनको लहर

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज । बाँके क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पाटीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको पक्षको माहोल बिस्तारै लहरको रुप लिंदै गएको नेकपा बाँकेले जनाएको छ। नेपालगन्ज र डुडुवाको टोल–टोल र गाउँ गाउँमा भइरहेको घरदैलो अभियान, प्रत्यक्ष संवाद तथा जनतासँगको भेटघाटले चुनावी वातावरणलाई बिष्टतर्फ उन्मुख बनाएको स्थानीयले जनाएका छन् । नेपालगन्जदेखि डुडुवाका ग्रामीण बस्तीहरूमा किसानका खेतदेखि युवा जमघट र महिला समूहका छलफलसम्म, बिष्टको समर्थन केवल औपचारिक नभई बिश्वास गर्ने माध्यम बनेको सहभागीहरू बताउँछन्। “हामीलाई सुन्ने र हाम्रो बीचमा रहने नेतृत्व चाहिएको हो,” एक स्थानीयले भने, “त्यही कारण विष्टका लागि माहोल सकारात्मक देखिएको छ।” विशेषगरी युवापुस्तामा देखिएको सक्रियता र महिलाहरूको सहभागिताले चुनावी रङलाई थप गाढा बनाएको उम्मेदवार विष्ट स्वयं बताउँछन्। उनले र...
मैले त्यसबेलाका प्रधानमन्त्रीको जिल्ला भन्दा बढी बजेट बाँकेमा ल्याए – पुर्वमन्त्री ईश्तियाक राई

मैले त्यसबेलाका प्रधानमन्त्रीको जिल्ला भन्दा बढी बजेट बाँकेमा ल्याए – पुर्वमन्त्री ईश्तियाक राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदातता नेपालगन्ज, फागुन १० । निर्वाचनको मिति नजिकिंदै जाँदा बाँके २ मा प्रचार प्रसारलाई उम्मेदवारहरुले तिव्र पारेका छन् । सो क्रममा प्रमुख दलका उम्मेदवारहरु निकै अक्रामक रुपमा प्रचार प्रसारमा जुटेको देखिन्छ । एमालेका उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले विकासका थुप्रै योजनाहरु अघि सारेर विगतमा गर्न बाँकी रहेका कामहरु पुरा गर्न जनताको समर्थन र सहयोग माग्दै घरदैलो र भेटघाटलाई तिव्र पार्नु भएको छ । उहाँले सामाजिक सदभाव र विकास नै कुनै पनि ठाउँको प्रगतिका लागि अति आवशयक रहेको जनाउँदै नेपालगन्जलाई राजधानी बनाउन नदिएर पछाडी पार्नेहरुनै अहिले ठुला ठुला कुरा गरेर जनतालाई भ्रमित गर्ने कार्यमा लागेको बताउनुभयो । पुर्वमन्त्री राईले हरेकजसो कार्यक्रम र भेटघाटमा नेपालगन्जलाई प्रदेशको राजधानी नबनाएर यो सहरसंग ठुलो धोखा गरिएको जनाउँदै अहिले जनताले हिसाब माग्ने बेला आएको बताउँदै आउनु भ...
नेकपाका उम्मेदवार दिपक जिएमको सङ्कल्प पत्रमा क्षेत्रको समग्र विकासको कार्यदिशा प्रस्तुत

नेकपाका उम्मेदवार दिपक जिएमको सङ्कल्प पत्रमा क्षेत्रको समग्र विकासको कार्यदिशा प्रस्तुत

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदातता नेपालगन्ज, फागुन १० । बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जिएमले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ । निर्वाचन परिचालन समितिका संयोजक राजकुमार विकको अध्यक्षतामा खजुरा गाउँपालिका–१ स्थित पुरानो गोदावरी कटेजमा आइतबार आयोजित कार्यक्रममा उक्त सङ्कल्प पत्र सार्वजनिक गरिएको हो । पत्रकारहरूमाझ सार्वजनिक गरिएको सङ्कल्प पत्रमा क्षेत्र नं ३ को समग्र विकासका लागि स्पष्ट कार्यदिशा प्रस्तुत गरिएको छ । सङ्कल्प पत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, खानेपानी, सिँचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ग्रामीण र सहरी क्षेत्रबिच सन्तुलित विकास सुनिश्चित गर्दै दीर्घकालीन योजनामार्फत क्षेत्रको मुहार फेर्ने लक्ष्य राखिएको उल्लेख छ ...
बाँके १ का नेकपा उम्मेदवार नरेन्द्र पाण्डे जेम्सद्धारा १७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

बाँके १ का नेकपा उम्मेदवार नरेन्द्र पाण्डे जेम्सद्धारा १७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ८ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पान्डे जेम्स ले आफू निर्वाचित भए गर्ने योजनासहित १७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । तीन पृष्ठ लामो प्रतिबद्धता पत्रमा उनले शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी तथा सरसफाइ, स्थानीय कला–संस्कृति प्रवद्र्धन, व्यापार–व्यवसाय र बजार व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । त्यस्तै गरिबी निवारण तथा रोजगारी सिर्जना, सूचना तथा सञ्चार प्रविधिको विकास, सामाजिक सुरक्षा सुदृढीकरण, कृषि तथा आधुनिक पशुपालन प्रवद्र्धन, सिंचाइ विस्तार, युवा तथा खेलकुद क्षेत्रको सशक्तीकरण, विद्युत आपूर्ति सुधार, उद्योग स्थापनामा सहजीकरण, सडक यातायात पूर्वाधार विकास र विपद् व्यवस्थापनलाई पनि आफ्नो मुख्य एजेण्डा बनाएको उल्लेख गरेका छन् । उम्मेदवार पान्डेले ...
दिपेन्द्र विष्ट किसानको खेतमा पुगेर आलु र तरकारी व्यवस्थापनमा लागेपछि स्थानीय उत्साहित

दिपेन्द्र विष्ट किसानको खेतमा पुगेर आलु र तरकारी व्यवस्थापनमा लागेपछि स्थानीय उत्साहित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ७ । बाँके क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट नेपालगन्ज उपमहानगरपालिका–१४ अन्तर्गत बाले गाउँमा घरदैलो अभियानका क्रममा प्रचारप्रसार टोलीसहित गाउँ पुगेको बेला स्थानीय बासिन्दासँग संवाद गर्दै खेततर्फ लाग्नुभयो। त्यहाँ आलु र तरकारी व्यवस्थापन व्यस्त किसानसँग हातेमालो गर्दै उहाँले श्रमको सम्मान र किसानप्रतिको प्रतिबद्धता व्यवहारमै देखाउनुभयो। उम्मेदवार आफैं खेतको माटोमा उत्रिएपछि किसानहरू आश्चर्य र खुशी दुवै देखिन्थे। एक किसानले भावुक हुँदै भने, “हामीलाई चुनावमा धेरैले भेट्छन्, तर खेतमै आएर सघाउने नेता विरलै देखिन्छ। आज हामीले फरक अनुभव गर्‍यौँ।” किसानहरूको यही प्रतिक्रिया बिष्टको व्यवहारले उनीहरूलाई कति प्रभावित बनायो भन्ने स्पष्ट संकेत थियो। खेतमा सघाउँदै बिष्टले कृषि क्षेत्रलाई उत्पादनमुखी, व्यवस्थित र प्रविधिमैत्री बनाउन आवश्यक ...
रास्वपाका उम्मेदवार विवेक श्रेष्ठको बाचापत्रमा सडक, ढल, खानेपानी र स्वास्थ्यलाई प्राथमिकता

रास्वपाका उम्मेदवार विवेक श्रेष्ठको बाचापत्रमा सडक, ढल, खानेपानी र स्वास्थ्यलाई प्राथमिकता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन् । नेपालगन्जमा एक औपचारिक समारोहका बीच उम्मेदवार श्रेष्ठले बाचापत्र सार्वजनिक गरे । बाचापत्रमा उनले भ्रष्टाचार उन्मूलन र सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । उम्मेदवार श्रेष्ठले बाचा पत्रमा बाँके जिल्लाको समग्र विकासका लागि गरिने कार्यहरु, बाँके क्षेत्र नम्बर २ को विकासका लागि गरिने कार्यहरु, लुम्बिनी प्रदेश सरकारसँग समन्वयमा गरिने कार्यहरु, नेपालन्ज उपमहानगरपालिकासँग समन्वय गरेर गरिने कार्यहरु र डुडुवा गाउँपालिकासँग समन्वय गरेर गरिने कार्यहरुको बुँदागत रुपमा योजनाहरु समेटेका छन् । पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशुपालन, रोजगारी लगायतका एजेण्डालाई राखेका छन् । नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका...
सोफिया स्कुलको बार्षिक खेलकुद दिवस अतिनै भव्य र सभ्य रुपमा सम्पन्न, आइ लभ सोफियाको नाराले गुन्जियो मैदान

सोफिया स्कुलको बार्षिक खेलकुद दिवस अतिनै भव्य र सभ्य रुपमा सम्पन्न, आइ लभ सोफियाको नाराले गुन्जियो मैदान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन ५ । हरेक दृष्टिकोणले बाँकेकै सर्वोत्कृष्ट बिद्यालय मध्येको एक सोफिया इङ्लिस स्कुलले मंगलवार अतिनै भव्य र सभ्य रुपमा २१औँ वार्षिक खेलकुद दिवस मनाएको छ । विहान दस बजेदेखि बुलुका सात बजेसम्म निरन्तर चलेका खेलकुदका फाइनल प्रतिष्पर्धा र सयौं बिद्यार्थिहरुले एकै पटक देखाएको रंगिचंगी पिटि ड्रिल र सामुहिक नृत्यले त्यहाँ उपस्थित सयौं अभिभावक, पाहुना र पत्रकारको मन जित्न सफल भयो । बिद्यालयका शिक्षक र व्यवस्थापनले महिनौदेखि गरेको तयारी र विद्यार्थिहरुको पनि एक महिनादेखिको निरन्तर अभ्यास र प्रतियोगिताले गर्दा अतिनै भव्य र सफल कार्यक्रम सम्पन्न गरेर खेलकुद दिवस बिदा भयो । मंगलवार बिद्यालयको मैदानको चारैतिर रंगीन झण्डा फहराइरहेका थिए, विद्यार्थीहरूको अनुहारमा उत्साहको चमक थियो, अभिभावकहरू आफ्ना छोराछोरीको सफलतामा गर्वले भरिएका देखिन्थे। केही दिन अघिनै सम्पन्न भएका फुटब...
कमरुद्दीन राईको काँधमा मधेश आन्दोलनका उपलब्धी जोगाउने जिम्मेवारी, मधेशी जनतामा जताततै उनकै चर्चा

कमरुद्दीन राईको काँधमा मधेश आन्दोलनका उपलब्धी जोगाउने जिम्मेवारी, मधेशी जनतामा जताततै उनकै चर्चा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, फागुन ५ । फागुन २१ गते नजिकिँदै जाँदा बाँके क्षेत्र नं २ को चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जसपाका कमरुद्दिन राईप्रति जनताको आकर्षण बढ्दै गएको जनाईएको छ । गाउँ–टोल, चोक–गल्ली र बजारका चिया पसलदेखि किसानका बारीसम्म कमरुद्दिन राईको चर्चा हुने गरेको सम्बन्धित ठाउँका वासिन्दाको कथन छ । नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखबाट राजिनामा दिएर मैदानमा उत्रिएकाले पनि कमरुद्दिनको चर्चा बढी छ । नेपालगन्ज उपमहानगर वडा नं १९ का स्थानीय नेता तथा समाजसेवीहरुका अनुसार यसपटकको निर्वाचनमा कमरुद्दिनप्रति आम मतदाताको उत्साह बढेको छ । “हामीले धेरै वर्षदेखि परिवर्तनको कुरा सुन्दै आएका छौं, तर अब त्यो व्यवहारमा देख्न चाहन्छौं,” स्थानीय अगुवाले बताए । उनका अनुसार कमरुद्दिन ...