२० जेष्ठ २०८३, बुधबार

ताजा-अपडेट

युवाहरुमा सबैभन्दा बढी लोकप्रिय उम्मेदवार दिपेन्द्र विष्ट ः सफल व्यवसायी मिलनसार स्वभाव

युवाहरुमा सबैभन्दा बढी लोकप्रिय उम्मेदवार दिपेन्द्र विष्ट ः सफल व्यवसायी मिलनसार स्वभाव

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २५ । नेपालगन्जका चर्चित युवा व्यवसायी दिपेन्द्र बिष्ट बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टीका युवा नेता हुनुहुन्छ । युवा जोस, कर्मशील सोच र जनमुखी व्यवहारका कारण उहाँ पछिल्लो समय जिल्लाका युवाहरुमा सर्वाधिक लोकप्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहन्छ । उहाँ केवल राजनीतिमा सीमित व्यक्ति होइनन्, सफल व्यवसायीका रूपमा पनि परिचित हुनुहुन्छ। आफ्नै पहल र मेहनतबाट सानो उमेरमै व्यवसाय सञ्चालन गर्दै उहाँले हालसम्म ५० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिसक्नुभएको छ। यसले उहाँको नेतृत्व क्षमतासँगै सामाजिक उत्तरदायित्वको स्पष्ट प्रमाण प्रस्तुत गर्छ।खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनुभएका बिष्ट युवालाई अनुशासन, आत्मविश्वास र सकारात्मक सोचतर्फ डोर्‍याउने अभियानमा निरन्तर लागिरहनुभएको छ। खेलकुदमार्फत युवालाई कुलत र...
जित्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको छु, कसैलाई समर्थन गर्न होइन – कमरुद्दीन राई

जित्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको छु, कसैलाई समर्थन गर्न होइन – कमरुद्दीन राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २५ । बाँके क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईले निर्वाचनमा नसोचेको परिणाम आउने चेतावनी दिंदै आफुलाई आफै विभिन्न नामले सम्बोधन गर्नेहरु नराम्ररी पराजित हुने बताउनुभएको छ । उहाँले जनताले राम्ररी चिनि सकेकालाई कुनै पनि हालतमा मत नदिने दावी गर्नुभयो । नेपालगन्जका निवर्तमान उपमेयर राईले आफ्नो विरुद्ध अफवाह फैलाइएको भन्दै त्यसप्रति स्पष्ट प्रतिक्रिया दिएका छन्। चुनावी प्रतिस्पर्धामा आफू बलियो अवस्थामा रहेपछि केही दलका उम्मेदवारले योजनाबद्ध रूपमा आफ्नो बारेमा अफवाह फैलाएको उनको दाबी छ। राईले अन्तिम समयसम्म कसैलाई समर्थन नगर्ने र जित्ने उद्देश्यसहित नै चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। “म जित्नकै लागि चुनाव लडेको हुँ। हार्ने अवस्था सिर्जना भएपछि केही उम्मेदवारले मेरो बारेमा अफवाह फैलाएर मत माग्न थालेको सुनेको छु,” उनले भने। आ...
बाँके २ मा नेकपा उम्मेदवार दिपेन्द्र बिष्टप्रति बढ्दो आकर्षण, ठाउँ ठाउँमा भव्य स्वागत

बाँके २ मा नेकपा उम्मेदवार दिपेन्द्र बिष्टप्रति बढ्दो आकर्षण, ठाउँ ठाउँमा भव्य स्वागत

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगन्ज वडा नम्बर ३ मा जनसम्पर्क कार्यालय उदघाटन समाचारदाता नेपालगन्ज, माघ २४ । बाँके क्षेत्र नं २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ मा निर्वाचन सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ। स्थानीयको उल्लेखनीय सहभागिताबीच सम्पन्न उद्घाटन कार्यक्रमले शनिवार चुनावी वातावरणलाई थप उत्साहित बनाएको छ। सम्पर्क कार्यालयको उद्घाटनसँगै उम्मेदवार बिष्टले जनतासँग नजिक भएर राजनीति गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, “यो कार्यालय केवल प्रचारको केन्द्र होइन, जनताको आवाज सुन्ने साझा थलो हो। यहाँ उठेका हरेक समस्या मेरो जिम्मेवारी हुनेछ।” उहाँका यी शब्दले उपस्थित कार्यकर्ता र स्थानीय बासिन्दामा भरोसाको अनुभूति दिलाएको देखिन्थ्यो।उद्घाटन कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अकल...
विकास र सदभावको यात्रालाई अघि बढाउन सहयोग मागेको पुर्व मन्त्री राईको मतदातासंग आग्रह

विकास र सदभावको यात्रालाई अघि बढाउन सहयोग मागेको पुर्व मन्त्री राईको मतदातासंग आग्रह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २३ । नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले विकासको यात्रालाई अगाडी बढाउनका लागि आफुलाई मतदान गर्न क्षेत्रका मतदातासंग आग्रह गरेका छन् । नेपालगन्ज २१ पुरैनीमा शुक्रबार नेकपा एमालेको निर्वाचन लक्षित कार्यालय उद्घाटन कार्यक्रम र विभिन्न स्थानमा घरदैलो गर्दै पूर्व मन्त्री राईले हालसम्म क्षेत्रको विकास जसले गर्यो उसैलाई थप विकासका लागि मतदान गर्न अनुरोध गरे । उनले विकास निर्माणसंगै युवाहरूलाई कामकाजी बनाउँदै आवश्यक आयआर्जन गर्न सक्षम गराउन सक्ने योजना ल्याउने आफ्नो ठुलो प्रयास हुने बताए । अरूले जस्तो झुठो आश्वासन र अति महत्वाकांक्षी कुराहरू आफूले नगर्ने जनाउँदै राईले किसानहरूले सहज र सस्तो मल पाउने वातावरण बनाउने दाबी गरे । उनले भने “चुनाव जित्नकै लागि अरूले जस्तो मल फ्याक्ट्री खोल्छु भनेर म झुठो आश्वासन दिँदैन । तर, यत्त...
बाँके २ का उम्मेदवार दिपेन्द्र विष्टले डुुडुवा र नेपालगन्जमा मतदाता भेटघाट तिव्र पारे

बाँके २ का उम्मेदवार दिपेन्द्र विष्टले डुुडुवा र नेपालगन्जमा मतदाता भेटघाट तिव्र पारे

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २३ । नेपाली कम्युनिष्ट पार्टीको तर्फबा बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका युवा उम्मेदवार दिपेन्द्र बिष्टले शुक्रबार डुडुवा गाउँपालिका केन्द्रित घरदैलो र भेटघाट गरेका छन् । भेटघाटका क्रममा उनी डुडुवा ५ का विभिन्न टोल–बस्तीमा पुग्दै स्थानीय जनतासँग प्रत्यक्ष संवादमा सहभागी भए । चुनावी औपचारिकताभन्दा माथि उठेर जनताको पीडा, समस्या र अपेक्षालाई नजिकबाट बुझ्न् उनको प्रयास छ । घरको आँगन, चौतारो र खेतको डिलमै उभिएर बिष्टले बृद्ध–वृद्धा, महिला, युवा तथा किसानहरूसँग खुलेर कुरा गरे। सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जनताले राखेका गुनासोहरु सुन्ने गरेका छन् । ‘नेता चुनावमा मात्रै होइन, हाम्रो दैलोमै आएर कुरा सुन्ने हो भने आधा समस्या त्यही समाधान हुन्छ,’ उनले सन्तोष व्यक्त गर्दै भने । डुडुवा–५ का बासिन्दाले यहाँको विकास सम्भावना हुँदा हुँ...
बाँके २ मा नेकपाको प्रचार प्रसार सचिवालय स्थापना ः दिपेन्द्र विष्टको प्रचार प्रसार अभियान तिव्र

बाँके २ मा नेकपाको प्रचार प्रसार सचिवालय स्थापना ः दिपेन्द्र विष्टको प्रचार प्रसार अभियान तिव्र

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बाँकेका सहीद जेनजीको रगत खेर जान दिने छैन ः विष्ट समाचारदाता नेपालगन्ज, माघ २२ । बाँके क्षेत्र नम्बर २ का सबै ठुला साना दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले मतदाता भेटघाट र जनसम्पर्कलाई तिव्र पार्दै गएका छन । सो क्रममा उनिहरुले ठाउँ ठाउँमा जनसम्पर्क तथा प्रचार प्रसार कार्यालय स्थापनासंगै प्रचार प्रसारको क्षेत्रीय स्तरको सचिवालयसमेत स्थापना गरिरहेका छन् । क्षेत्रीयस्तरको प्रचार प्रसार सचिवालय स्थापना गर्ने क्रममा नेपाली कम्युनिष्ट पार्टी नेकपाले पनि बाँके २ को प्रचार प्रसार सचिवालय नेपालगन्जस्थित त्रिभुवन चोक पश्चिम लाइनमा स्थापना गरेर प्रचार प्रसारलाई तिव्र र व्यवस्थित बनाएको छ । प्रचार प्रसार सचिवालयको एक समारोहका विच नेकपाका केन्द्रिय सदस्य पूर्णा कुमारी सुवेदी र बाँके क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र विष्टले संयुक्त रुपमा उदघाटन गर्नु भएको छ । सो अवसरमा बोल्दै केन्...
जसपा नेपालका कमरुद्दीन राईद्धारा मतदाता भेटघाट तिव्र, स्थानीयको स्वागतले उत्साहित

जसपा नेपालका कमरुद्दीन राईद्धारा मतदाता भेटघाट तिव्र, स्थानीयको स्वागतले उत्साहित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १८ । निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा चुनावी सरगर्मी बढ्दै गएको छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दै आफ्नो एजेन्डा प्रस्तुत गर्ने र मतदाता रिझाउन थालेका छन् । बाँके क्षेत्र नं २ का जसपा नेपालका उम्मेदवार कमरुद्दिन राईले पनि मतदाता भेटघाटलाई तिव्र पारेका छन्। उनको दैनिकी अहिले मतदाताको घर आँगनमा पुग्ने बनेको छ । उनले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५, ७, १३, २३ र १९ का मतदातासँग प्रत्यक्ष भेट्घाट गरि अन्तरक्रिया गरिसकेका छन् । पहिलो चरणमा मतदातालाई भेटेर समस्या बुझ्ने काम भइरहेको उनले बताए । ‘स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने र आफ्नो उम्मेदवारीको उद्देश्य तथा भावी योजनाबारे जानकारी गराउने काम भइरहेका छ,’ उनले भने, ‘मतदाताले देखाएको माया र सद्भावले थप उर्जा दिएको छ ।’ भेटघाटका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार राईलाई वडाम...
शान्ति, सामाजिक सद्भाव र समृद्धिका लागि नयाँ र युवा आवश्यक ः डा.योगी विवेकानन्द

शान्ति, सामाजिक सद्भाव र समृद्धिका लागि नयाँ र युवा आवश्यक ः डा.योगी विवेकानन्द

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १८ । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूले मतदाता भेटघाटसँगै सामाजिक र आध्यात्मिक व्यक्तित्वहरूसँग संवादलाई पनि प्राथमिकता दिन थाल्नु भएको छ । यही क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आध्यात्मिक गुरु डा.योगी विवेकानन्दसँग भेटघाट गर्नुभएको छ। नेपालगञ्जमा सम्पन्न उक्त भेटका क्रममा उम्मेदवार बिष्टले बाँके क्षेत्रको शान्ति, सामाजिक सद्भाव र समृद्धिका विषयमा स्वामीजीसँग आशिष् तथा मार्गदर्शन लिनुभएको थियो। बहुधार्मिक र बहुसांस्कृतिक पहिचान बोकेको बाँके निर्वाचन क्षेत्र नम्बर २ मा आपसी समझदारी, सहअस्तित्व र सद्भाव कायम राख्न आध्यात्मिक केन्द्र र गुरुहरूको भूमिका महत्वपूर्ण हुने बिष्टको धारणा थियो।भेटमा स्वामी विवेकानन्दले राजनीतिमा युवाहरूको सक्रिय सहभागितालाई स्वा...
जीवनका मौन तर गहिरो यात्रा : महिनावारीदेखि रजोनिवृत्तिसम्म

जीवनका मौन तर गहिरो यात्रा : महिनावारीदेखि रजोनिवृत्तिसम्म

ताजा-अपडेट, मुख्य समाचार, विचार
मिना पराजुली, अधिवक्ता जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँछौँ। महिनावारी, गर्भ, प्रसूति र रजोनिवृत्ति, यी सबै अनुभवलाई समाजले अझै पनि महिलाको निजी वा लुकाउनुपर्ने जिम्मेवारी जस्तै बनाइदिएको महसुस हुन्छ। तर जीवनको एउटा मोडमा आइपुग्दा मैले बुझेँ, जति आवश्यक महिनावारीबारे खुला कुरा गर्नु छ, उति नै आवश्यक रजोनिवृत्तिका कुरा पनि छन्। लाज, डर र गलत धारणाका कारण धेरै महिलाहरू यो चरणलाई मौनतामै बिताउँछन्। आज म यही मौनता तोड्न चाहन्छु,आफ्ना अनुभव, अनुभूति र ती स–साना तर गहिरा संवेदनशील क्षणहरू साझा गर्दै, ताकि रजोनिवृत्ति डरको विषय नभई बुझाइ, समर्थन र सहानुभूतिको विषय बन्न सकोस्। रजोनिवृत्ति महिलाको जीवनमा एउटा स्वाभाविक जैविक प्रक्रिया हो, जुन विश्वव्यापी रूपमा प्राय ४५–५५ वर्षको उमेरमा देखा पर्छ। नेपालमा रजोनिवृत्तिको औसत उमेर ४८.०२ वर्ष रहेको पाइन्छ। म कहिल्यै...
विकास र सदभावको मुद्दा लिएर पुर्वमन्त्री राइ जनताको घरदैलोमा पुग्दैछन्

विकास र सदभावको मुद्दा लिएर पुर्वमन्त्री राइ जनताको घरदैलोमा पुग्दैछन्

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १८ । नेकपा एमालेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले विकास र सदभावको मुद्दालाई मुख्य चुनावी मुद्दा बनाएर मतदाताहरूसँग भेटघाट र छलफल गरिरहेका छन् । उम्मेदवारी मनोनयन दर्तासँग बाँके क्षेत्र नं २ का विभिन्न स्थानमा अगुवा कार्यकर्ताहरुसंगै मतदाताको घर दैलोमा पुगेर विकास र सदभावको मुद्दामा सहयोग गर्न आग्रह गरिरहेका छन् । पुर्वमन्त्री राईले उम्मेदवारी मनोनयन गरे लगत्तै यस क्षेत्रका विभिन्न वडाका टोलमा पुगेर जनतासंग विकास गर्न बाँकी रहेका कामहरुबारे सुझाव लिुनुका साथै आफु विजयी भएपछि गर्ने कामहरुका बारेमा पनि जानकारी गराउने गरेका छन् । उनले जनताको घर आँगनमा पुगेर हालसम्म गरेको विकासका फाइदाहरुका बारेमा जानकारी गराउँदै थप विकासका लागि जिताउन अनुरोध गरेको स्थानीयले बताएका छन् । सोही क्रममा शनिबार वडा नम्बर १९ र नेपालगन...