१० माघ २०८२, शुक्रबार

मुख्य समाचार

सरसफाईकर्मीकालागि देशमै पहिलो पटक नेपालगन्जमा निर्माण गरिएको नीति मागदर्शन बारे परिचयात्मक कार्यशाला

सरसफाईकर्मीकालागि देशमै पहिलो पटक नेपालगन्जमा निर्माण गरिएको नीति मागदर्शन बारे परिचयात्मक कार्यशाला

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
सिराज खान नेपालगन्ज, साउन २० गते । नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो पटक सरसफाईकर्मीहरुको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्ने नीति मार्गदर्शन निर्माण गरेर राजपत्रमा प्रकाशित गरि लागु गरेको छ । उपमहानगरपालिकाले गैर सरकारी संस्था बि ग्रुपसंगको सहकार्यमा निर्माण गरेको ‘सरसफाईकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्ग दर्शन २०८१’ को बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन नेपालगन्जमा एक परिचयात्मक कार्यशालाको आयोजना गरियो । सो कार्यशालामा बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामहरी शर्माले सरसफाईकर्मीका लागि निर्माण गरिएको नितिका बारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो भने नेपालगन्जको स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्दले निति मार्गदर्शनमा उल्लेख गरिएका व्यवस्थाका बारेमा जानकारी गराउनु भयो । उहाँहरुले...
बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित

बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन १८ । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्दै सल्लाहकार र विभिन्न उपसमिति तथा फोकल पर्सन समेत चयन गरेको छ । क्लबका अध्यक्ष सिद्दिकीले सो जानकारी गराउँदै नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ पत्रकारहरु गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्नुका साथै अन्य वरिष्ठ पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, नरेन्द्र थापा, कमल पन्थी, राकेश मिश्र तथा वरिष्ठ समाजसेवीहरु राजु टिबडेवाल, भिमसेन चौधरी र मुजाहिद रजा कादरीलाई सल्लाहकारमा मनोनित गरेको बताउनुभयो । क्लबले शनिवार सम्पन्न गरेको साधारणसभामा चालु आर्थिक वर्षमा ...
बाँके युनेस्को क्लबको अध्यक्षमा प्रवेज अलि सिद्दिकी निर्विरोध निर्वाचित

बाँके युनेस्को क्लबको अध्यक्षमा प्रवेज अलि सिद्दिकी निर्विरोध निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । सिद्दिकीको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँ खान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित हुनु भएको छ । यसअघि क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद ...
नेपालगन्ज उपमहानगरपालिकाद्धारा  पेशागत स्वास्थ्य तथा सुरक्षा निति मार्गदर्शन निर्देशिका निर्माण, राजपत्रमा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिकाद्धारा पेशागत स्वास्थ्य तथा सुरक्षा निति मार्गदर्शन निर्देशिका निर्माण, राजपत्रमा प्रकाशित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
पेशागत स्वास्थ्य तथा सुरक्षा परामर्श सेवाको आवधिक समिक्षा बैठक सम्पन्न समाचारदाता नेपालगन्ज, साउन १५ । भेरी वातावरणीय बिशिष्टिता समुह बि ग्रुपद्धारा ए.एफ.डि. र एम.डि.एम. फ्रान्सको सहयोगमा बाँकेमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो पटक सरसफाईकर्मीहरूकालागि पेशागत स्वास्थ्य तथा सुरक्षा नीति मार्गदर्शन निर्देशिका तयार गरी राजपत्रमा प्रकाशन गरेको छ । यो कदम नेपालका अन्य पालिकाहरूकालागि पनि सराहनीय उदाहरण बन्न सक्ने सम्बन्धित सरोकारवालाले जनाएका छन् । सो नीति मार्गदर्शन कार्यान्वयनको लागि पालिका तथा वडास्तरीय समिति गठन गर्न बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ । विशेषगरी नेपालगन्ज उपमहानगरपालिकाद्धारा राजपत्रमा प्रकाशित स्वास्थ्य सम्बन्धि सो नीति मार्गदर्शनले अन्य पालिकाहरूलाई पनि सरसफाईकर्मी र किसानको सुरक्षाक...
बर्दियाको मधुवन र राजापुरमा मानवबेचविखन बिरुद्ध सचेतना कार्यक्रम

बर्दियाको मधुवन र राजापुरमा मानवबेचविखन बिरुद्ध सचेतना कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन १५ । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकामा विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ लाई भव्य रुपमा मनाईएको छ । सो अवसरमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा सुरक्षा परियोजना अन्तर्गत मानव बेचविखन बिरुद्ध जनचेतनामुलक ¥याली तथा सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो । सचेतनामुलक कार्यक्रमले समुदायमा मानव बेचबिखनको समस्यालाई उजागर गर्दै सचेतना अभिवृद्धि गर्ने कार्य गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । कार्यक्रममा स्थानीय प्रहरी, समुदायका सदस्यहरू र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूले मानव बेचबिखन र शोषणविरुद्ध सशक्त नाराहरू लगाउँदै प्लेकार्डहरू बोकेर ¥याली निकालेका थिए, जसले जनचेतना अभिवृद्धिमा विशेष प्रभाव पारेको स्थानीयको भनाई...
माओवादी जनयुद्धमा आधारित चलचित्र जनक्रान्ति निर्माण हुने

माओवादी जनयुद्धमा आधारित चलचित्र जनक्रान्ति निर्माण हुने

ताजा-अपडेट, मनोरञ्जन, मुख्य समाचार, शिक्षा
समाचारदाता काठमाण्डौ, १० साउन । गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् । पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , आर्थिक अवस्था वारे जानकारी दिन र लिन सहयोगी हुने बिस्वास व्यक्त गरे । हिजोको समाजको अवस्था बारे युवा पुस्ता लाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो । रुद्राक्ष फिल्स प्रालिको व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन । भाद्र दोस्रो साता देखी चलचित्रको छायाकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फाग...
अभिभावक शिक्षाको प्रभाव ः बर्दिया मधुवनका अभिभावक धमाधम पढाइ कुनाको स्थापना गर्दै

अभिभावक शिक्षाको प्रभाव ः बर्दिया मधुवनका अभिभावक धमाधम पढाइ कुनाको स्थापना गर्दै

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन ८ । बालिका शसक्त परियोजना अन्तर्गत अभिभावकहरूलाई लक्षित गरी प्रदान गरिएको अभिभावक शिक्षा कार्यक्रमबाट प्रभावित भएर बर्दियाका अभिभावकहरुले आफ्ना बालबालिकाकालागि आफै पढाइ कुनाको स्थापना गर्न थालेका छन् । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत बर्दियाका मधुवन, गुलरिया र बढैयाताल गरेर तीन पालिकाका अभिभावकहरूलाई अभिभावक शिक्षा प्रदान गरिएको थियो । सो शिक्षाबाट प्रभावित भएर अभिभावकहरुले आफ्ना बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउन धमाधम आफैले घरमा पढाई कुना स्थापना गरिरहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले बालबालिकाको समग्र विकासमा अभिभावकहरूको सक्रिय भूमिका सुनिश्चित गर्नका लागि अभिभावक शिक्षा प्रदान गरिएको बताउनुभयो । सो क्रममा घरमै बालबालिकाको सिकाइ र विकासकोलागि...
भेरी अस्पतालमा रेविजको भ्याक्सिन नहुँदा विपन्न र गरिबलाई गम्भीर समस्या

भेरी अस्पतालमा रेविजको भ्याक्सिन नहुँदा विपन्न र गरिबलाई गम्भीर समस्या

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन ८ । बाँके, बर्दियालगायत यस क्षेत्रका दुई प्रदेशका बिरामीको उपचार गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोपको चरम अभाव भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। नीराजन सुवेदीले बिरामीलाई निःशुल्क रूपमा प्रदान गरिने ‘एन्टी रेबिज भ्याक्सिन’ गत दुई महिनादेखि अस्पतालमा नहुँदा विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीलाई ठुलो समस्या परेको बताउनुभयो । उहाँले अस्पतालमा जेठ महिनादेखि नै खोपको मौज्दात सकिएकाले सेवा दिन नसकिएको जनाउँदै दैनिक अस्पतालमा सो खोप लगाउन आउने करिब ५० जनाजतिको हाराहारीका बिरामीले आफैँ किनेर खोप लगाउनु परेको बताउनुभयो । त्यसबाट विपन्न र आर्थिक अवस्था कमजोर भएकालाई समस्या भएको अस्पताल प्रमुख डा। सुवेदीको भनाइ छ । भेरी अस्पतालका अनुसार कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई भेरी अस्पतालले आफैँ उपलब्ध गराउने भन्दा केन्द्र ...
बिद्यालय पोशाक पनि सीमापारीबाट ल्याउँदा व्यवसाय धराशायी भयो – सिलाई व्यवसायी

बिद्यालय पोशाक पनि सीमापारीबाट ल्याउँदा व्यवसाय धराशायी भयो – सिलाई व्यवसायी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, असार २६ गते । विद्यार्थिको पोशाक समेत भारतबाट ल्याउने कार्य भइरहेकोले आफुहरुको पेशामा ठुलो प्रभाव परेको जनाउँदै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले सो तत्काल रोक्नुपर्ने माग गरेको छ । सीमापारीबाट कमिशन लिएर विद्यार्थिको पोशाक झिकाउने कार्य भइरहेकोले व्वयसायनै धराशायी भएकोले तत्काल सो कार्य रोक्नुपर्ने लगायतका माग गरेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाईएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष कल्पना पुनले बताउनुभयो । उहाँले विद्यालय पोशाक पनि भारतबाटै सिलाएर ल्याउने कार्य हुन थालेको जनाउँदै सो को बिरोधमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको बताउनुभयो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको १४ बुँदे ज्ञापन पत्रमा बाँकेका सरकारी विद्यालय तथा क्याम्पस साथै निजी विद्य...
तस्करी घट्दा नेपालगन्ज नाकाबाट चिनी र चामलको आयातमा अत्यधिक बृद्धि

तस्करी घट्दा नेपालगन्ज नाकाबाट चिनी र चामलको आयातमा अत्यधिक बृद्धि

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, असार २३ गते । लामो समयदेखि चिनी र चामलको अवैध आयात र तस्करी ठुलो परिमाणमा हुँदै आएको यहाँस्थित जमुनाहा नाकाबाट पछिल्लो समयमा सो तस्करी केही हदसम्म घटेको पाईएको छ । सोही कारणले गत केही वर्ष यता यो नाकाबाट घट्दै गएको चिनी र चामलको आयात चालु आर्थिक वर्षबाट फेरी ठुलो परिमाणमा बृद्धि भएको हो । चिनी र चामलको आयात यसरी अत्यधिक बढ्नुमा अवैध आयात र तस्करी कम हुनुनै मुख्य कारण रहेको व्यवसायीहरुलेनै बताएका छन् । चालु आवमा तस्करी र अवैध आयातमा कडाई गरिएकोले नै वैध आयात बृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले अवैध आयात बढेपछि वैध आयात घट्ने गरेको जनाउँदै अहिले चिनी र चामलको वैध आयात बढ्नुको अर्थ अवैध आयात घटेको नै मान्नुपर्ने बताउनुभयो । उहाँले त्यसका साथसाथै माग र खपत बढ्दा पनि आयात बृद्धि हुने गरेको बताउनुभयो । ...