समाचारदाता
नेपालगन्ज, जेठ ३० । बर्दियाको राजापुर नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखीकरण कार्यक्रम गरिएको जनाउँदै कार्यक्रममा वाश समिति सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू सहित ४५ जनाको सहभागीता रहेको राजापुर नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले विपद् जोखिम न्यूनीकरणमा सबैजना केन्द्रित हुनुपर्नेमा जोड दिंदै खानेपानी र सरसफाई तथा लैङ्गिक समानतालाई पनि बिर्सन नहुने बताउनुभयो ।
कार्यक्रममा राजापुर नगरपालिकाका सूचना प्रविधि अ...
नेपालगन्ज, जेठ २६ गते । लोपोन्मुख विभिन्न जाती, समुदाय लगायत अल्पसंख्यक, सिमान्तकृत, दलित, महिला, मधेशी र मुस्लिमको मानवअधिकारको संरक्षणमा बिशेष जोड दिईएको छ ।
मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका स्थानीय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले नेपालमा बस्ने सबै जातजाती र लोपोन्मुख समुदायको पहुँच राज्यसम्म नपुगेकोले उनिहरुको पहुँच सरकारसम्म पुरयाएर मानवअधिकार दिलाउन विभिन्न कार्यक्रम र परियोजनाहरु आवश्यक रहेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले नेपालगन्ज वरिपरि समेत विभिन्न सिमान्तकृत र पिछिडिएका जाती समुदाय रहेकोले उनिहरुको हरेक प्रकारको अधिकारका लागि काम गर्नुपर्ने खाँचो रहेको औंल्याउनुभयो ।
नरैन...
समाचारदाता
नेपालगन्ज, जेठ २५ । बर्दियाको गुलरिया नगरपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सो प्रर्दशनी सम्पन्न भएको हो ।
प्रर्दशनीमा गुलरिया नगरपालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरुका विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सामग्रीहरूको प्रदर्शन गरेको थिए ।
प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले यो प्रर्दशनी हेर्दा बिद्यार्थिहरुको क्षमता उजागर भएको र उनिहरुले भविष्यमा अतिनै राम्रा कामहर गर्न सक्ने देखिएको बताउनुभयो ।
‘भारतमा एपिजे एब...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । बर्दियाको राजापुरमा विश्व वातावरण दिवसको अवसरमा बाढी कृत्रिम घटना अभ्यास गर्नुका साथै बृक्षारोपण समेत गरिएको छ ।
राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल, प्राक्टिकल एक्शन एक्शन एड, बि ग्रुप, बाँके युनेस्को क्लब, कमैया महिला जागरण संघ र थारु महिला उत्थान संघको सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभावलाइ कम गर्न कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरिएको हो ।
राजापुर नगरपालिकाको रंगशालामा बृक्षारोपण र संघर्षनगरमा बाढीबाट बच्न कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
बाढी पूर्व र बाढी पश्चात मानवीय तथा भौतिक क्षतिलाई कसरी कम गर्ने तथा बाढी लगायत अन्य विपदलाई सामुहिक रुपमा कसरी सामना गर्ने भन्ने बिषयमा कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो कार्यक्रम...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । विश्व वातावरण दिवस २०२५ को अवसरमा “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नाराका साथ बर्दिया जिल्लामा प्लाष्टिक प्रदुषण न्युनिकरण अभियान अन्तर्गत बृक्षारोपण र सरसफाई गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसानल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मा बृक्षारोपण तथा सरसफाई गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर बिनाकुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेल, वडा अध्यक्ष टेकबहादुर बडुवाल, वडा सदस्यहरू, नगरपालिका कर्मचारी, पर्यटन व्यवसायी, शिक्षक, विद्यार्थी तथा स्थानिय समुदायद्धारा बृक्षारोपण गरिएको थियो ।
सो अवसरमा बोल्दै ठाकुरबाबाका मेयर लम्सालले प्लाष्टिक प्रदूषणलाई यस युगको एक प्रमुख चुनौतीको र...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा जलवायु परिवर्तन बिरुद्धको एक्येवध्यता अभियानको औपचारिक शुभारम्भसंगै किशोरीहरुको क्षमता अभिबृद्धि कार्यक्रम बर्दिया जिल्लामा सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र युवा संस्थासँगको समन्वयमा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना र वाईस्पार्क परियोजना अन्तर्गत सो अभियानको शुभारम्भ र क्षमता अभिबृद्धि कार्यक्रम गरिएको हो ।
सो कार्यक्रम जलवायु परिवर्तन र युवाको नेतृत्वमा केन्द्रित संवादका साथ सम्पन्न भएको जनाउँदै बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्द प्रसाद लामिछानेले सो अभियानले युवालाई जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, समुदायमा जलवायु सहनशीलताको पक्षमा वकालत गर्न र दिगो भविष्य निर्माणमा नेतृत्व गर्न सशक्त बनाउने बताउनुभयो ।
उक...
समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवन नगरपालिकामा बालबालिका तथा मानव बेचबिखन सम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरपुस्ता संवाद आयोजना गरिएको हो ।
संवाद कार्यक्रममा प्रहरी, स्थानीय सरकारका प्रतिनिधिहरू, समुदायका अगुवा, युवाहरू तथा नागरिक समाजका संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सो संवाद कार्यक्रमको सहजीकरण इन्द्र चुनाराले गर्नुभएको थियो । कार्यक्रमले पुस्ताबीचको अन्तरलाई कम गर्न र बालबालिका तथा संवेदनशील समूहहरूको सुरक्षा गर्न विभिन्न समाधानहरू खोज्न सहयोग गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।
अन्तरपुस्ता संवादमा सहभागीहरूले आफ्ना अनुभवहरू खुलस्त रूपमा साझा गर्नुका साथै समस्याका मूल कारणहरूबार...
समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर आठमा बाल तथा मानवबेचविखनका सवालमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालबालिका तथा मानव बेचबिखनसम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले बाल तथा मानवबेचविखन नियन्त्रणका लागि युनेस्को र प्लान नेपालले गरेका कार्यक्रम निकै प्रभावकारी रहेको जनाउँदै समुदायमा सचेतना आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा प्रहरी, स्थानीय सरकारी निकाय, समुदायका अगुवाहरू, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्षले...
समाचारदाता
नेपालगन्ज, ४ जेठ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका किशोरीहरूलाई सशक्त बनाउन सञ्चालन गरेको दुई दिने “कला शक्ति हो” कार्यशाला सम्पन्न भएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत मधुवनमा सो कार्यशाला सञ्चालन गरेको थियो ।
कार्यशालाको समापन गर्दै मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले किशोरीहरुमा लुकेका विभिन्न प्रतिभालाई उजागर गरेर सोही माध्यमबाट उनिहरुलाई शसक्त बनाउने उदेश्यले आयोजना गरिएको यो कार्यशाला अतिनै सराहनीय रहेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले यो कार्यशालाले किशोरीहरूलाई सक्रिय रहन र आत्मविश्वासका साथ अगाडि बढ...
समाचारदाता
नेपालगन्ज, २ जेठ । बर्दियाको राजापुर नगरपालिकामा सुरक्षाकर्मी र सरोकारवालाहरूकालागि मानव बेचबिखन नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाले आयोजना गरेको सो तालिममा नगरपालिकाका उपमेयर, वडा सदस्यहरू, महिला तथा बालबालिका विभागका प्रमुख, कार्यकारी सदस्यहरू, सूचना प्रविधि अधिकृत, सहायक प्रहरी निरीक्षकहरू र अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।
तालिमको उद्देश्य मानव बेचबिखन नियन्त्रण र निषेधित मानव यातायात गतिविधिहरू नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण लगायत सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्नु रहेको क्लबले जनाएको छ ।
तालिमको उदघाटन समारोहमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर विकले तालिमको उद्देश्यमा...