सीमापारी भारतको रुपैडिहामा मृत भेटिएका नेपाली युवक कोहलपुरका अरुण वर्नवाल रहेको पुष्टि
समाचारदाता
नेपालगन्ज, साउन २३ गते । यहाँस्थित नेपाल भारत सीमानाको भारतीय क्षेत्र रूपैडीहाको वार्ड नम्बर १०, रामजानकीस्थित खाली घरको बगैंचामा बिहिबार मृत अवस्थामा भेटिएका एक नेपाली युवकको पहिचान भएको छ ।
रुपैडिहामा शव भेटिएको ती नेपाली युवक बाँके कोहलपुर ९ पिपरी झण्डहवा निवासी अरण वर्नवाल रहेको भनि परिवारका सदस्यले पहिचान गरेको भारतीय प्रहरीले जनाएको छ ।
रुपैडिहा प्रहरी चौकीका सब–इन्स्पेक्टर राहुल सरोजले दिनु भएको जानकारी अनुसार रुपैडिहास्थित एउटा खाली घरको बगैंचामा भेटिएको नेपाली युवकको बायाँ हातमा “अरुण” लेखिएको ट्याटु रहेकोमा उनकी बहिनी प्रभा वर्नवालले आफ्नो दाई भनि पहिचान गर्नु भएको हो ।
सब–इन्स्पेक्टर सरोजले मृतकको अनुहारमा गहिरो चोटको निशान देखिएको र मृत्यु दुई तीनदिनअघि नै भएको अनुमान गरिएको बताउनुभयो ।
मृत भेटिएका युवक सीमापारी लागु औषधको सेवनका लागि गएको हुनसक्ने अनुमान भारतीय प्...









