३१ असार २०८३, बुधबार

समाज

राजापुरमा बालबेचविखन नियन्त्रणका सवालमा अन्तरपुस्ता संवाद

राजापुरमा बालबेचविखन नियन्त्रणका सवालमा अन्तरपुस्ता संवाद

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा बाल बेचबिखन विरुद्धको प्रभावकारी संवाद कार्यक्रम सम्पन्न गरेको छ । बालबेचविखन नियन्त्रणको सवालमा सो अन्तरपुस्ता संवाद कार्यक्रम राजापुर नगरपालिका– वडा नं. ६ मा सम्पन्न गरिएको क्लबले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले यस्ता संवाद र चेतनामूलक कार्यक्रमले समुदायभित्र सचेतना अभिवृद्धि गर्न, सहकार्य सुदृढ बनाउन र बालबालिकाको सुरक्षित भविष्यकालागि मार्गचित्र कोर्ने बताउनुभयो । उहाँले यो कार्यक्रमले सहभागि सबै सरोकारवालाबिच सामूहिक प्रतिबद्धता जगाउन प्रेरणादायी भूमिका खेलेको जनाउँदै एकता र दृढ संकल्पकासाथ सबैले मिलेर बाल बेचबिखन जस्तो गम्भीर समस्याको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्...
बाँकेमा नबिना रानाभाट जिताउ अभियान तिव्र

बाँकेमा नबिना रानाभाट जिताउ अभियान तिव्र

ताजा-अपडेट, मनोरञ्जन, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा देखाएर टप १० भित्र पर्न सफल नेपालगन्जकी चेली नबिना रानाभाटलाई जिताउने अभियान बाँकेमा तिव्र पारिएको छ । चर्चित रियालिटी शो एक्टिङ स्टारमा टप १० भित्र प्रवेश गरेकी रानाभाटलाई जिताउन बाँकेका स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार, विद्यार्थि, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु क्रियाशिल हुनुहुन्छ । उहाँहरुले बाँकेकी स्टार चेली नबिनालाई भोट गरेर विजयी गराउन विभिन्न माध्यमबाट सबैसंग अनुरोध गरिरहनु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ । अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप १० मा पुग्न सफल नबिनाले आगामी चरणमा लुम्बिनी प्रदेश र बाँके जिल्लाको कथा आफ्ना प्रस्तुत...
बिरयानीमा अखाद्य रंग मिसाउने साइलाई अदालतद्धारा एक लाख जरिवाना र ६ महिना कैद

बिरयानीमा अखाद्य रंग मिसाउने साइलाई अदालतद्धारा एक लाख जरिवाना र ६ महिना कैद

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, समाज, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ७ । बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रंग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपियाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेले नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ स्थित बिसमिल्ला होटलका संचालक मोहम्मद उमर साइ विरुद्द दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक लाख रुपिया जरिवाना र ६ महिनाको कैद सजाय गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेका खाद्य निरिक्षक रामहरी लामिछानेले दायर गर्नु भएको सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधिश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद र ए...
गुलरियामा युवा सशक्तिकरणसम्बन्धी अन्तरक्रिया र वार्षिक योजना तर्जुमा सम्पन्न

गुलरियामा युवा सशक्तिकरणसम्बन्धी अन्तरक्रिया र वार्षिक योजना तर्जुमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, भदौ ३ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा युवासम्बन्धी अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत सो अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले कार्यक्रमको प्रमुख उद्देश्य युवालाई सशक्त बनाउने, स्थानीय निर्णय प्रक्रियामा उनीहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने, हानिकारक सामाजिक प्रथालाई चुनौती दिने तथा स्वस्थ एवं मर्यादित समाज निर्माणमा योगदान पुरयाउनु रहेको बताउनुभयो । कार्यक्रमको समापन गर्दै गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमले बालविवाहविरुद्ध निरन्तर वकालत गर्नुपर्नेमा जोड दिँदै युवा तथा किशोर क्लबहरूलाई परिणाममुखी कार्यमा सक्रिय हुन प्रेरित गर्नुभयो...
बर्दियाको तीन पालिकामा अभिमुखीकरण, अन्तरक्रिया र सचेतना कार्यक्रम सम्पन्न

बर्दियाको तीन पालिकामा अभिमुखीकरण, अन्तरक्रिया र सचेतना कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता बर्दिया, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियाको मधुवन र गुलरिया नगरपालिका एवं बढैयाताल गाउँपालिकामा अभिमुखीकरण, अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको हो । युवाहरूले विश्वभर सामना गरिरहेका चुनौती र अवसरबारे सचेतना फैलाउने, सामाजिक समावेशितामा उनीहरूको सक्रिय सहभागिता बढाउने तथा उज्वल भविष्य निर्माणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उदेश्यले हरेक वर्ष बिश्वभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । गुलरिया र मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा, स्थानीय ट्राफिक प्रहरी तथा युवाहरूको उल्लेख्य उ...
नेपाल प्रहरी श्रीमती संघ कर्णालीद्धारा मानवसेवा आश्रमका ९४ जनालाई खाना खुवाईयो

नेपाल प्रहरी श्रीमती संघ कर्णालीद्धारा मानवसेवा आश्रमका ९४ जनालाई खाना खुवाईयो

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, साउन २१ । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जनालाई खाना खुवाएको छ । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ निमारे सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जना महिला तथा पुरुषहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको संघले जनाएको छ । संघको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा रहनु भएकाहरुलाई खाना खुवाईएको नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रेष्ठ लगायत कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठ,...
वातावरण संरक्षण अभियन्ता काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान

वातावरण संरक्षण अभियन्ता काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन २१ गते । विगत लामो समयदेखि वातावरणको संरक्षणमा सक्रिय रहनु भएका बाँकेका वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई ‘नाइस अवार्ड २०२५’ प्रदान गरिएको छ । नेपालगन्जमा आयोजना गरिएको बिशेष कार्यक्रममा नेपालगन्ज १९ निवासी वातावरण संरक्षण अभियन्ता काफ्लेलाई दस हजार रुपियाँ नगद र सम्मान पत्रसहित पाचौं नाइस अवार्ड २०२५ प्रदान गरिएको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले बताउनुभयो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र गैसस महासँघका केन्द्रीय सचिब नमस्कार शाहले काफ्लेलाई संयुक्त रुपमा सो अवार्ड प्रदान गर्नुभयो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले लामो समयदेखि वातावरण संरक्षण र हरित अभियानमा सक्रिय काफ्लेलाई यो अवार्ड प्रदान गर्दा खुशी लागेको जनाउँदै समाजमा राम्र...
बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित

बाँके युनेस्को क्लबको सहअध्यक्षमा गौतम र खान मनोनित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन १८ । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्दै सल्लाहकार र विभिन्न उपसमिति तथा फोकल पर्सन समेत चयन गरेको छ । क्लबका अध्यक्ष सिद्दिकीले सो जानकारी गराउँदै नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ पत्रकारहरु गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्नुका साथै अन्य वरिष्ठ पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, नरेन्द्र थापा, कमल पन्थी, राकेश मिश्र तथा वरिष्ठ समाजसेवीहरु राजु टिबडेवाल, भिमसेन चौधरी र मुजाहिद रजा कादरीलाई सल्लाहकारमा मनोनित गरेको बताउनुभयो । क्लबले शनिवार सम्पन्न गरेको साधारणसभामा चालु आर्थिक वर्षमा बर्दिय...
बर्दियाको मधुवन र राजापुरमा मानवबेचविखन बिरुद्ध सचेतना कार्यक्रम

बर्दियाको मधुवन र राजापुरमा मानवबेचविखन बिरुद्ध सचेतना कार्यक्रम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, साउन १५ । बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकामा विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ लाई भव्य रुपमा मनाईएको छ । सो अवसरमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा सुरक्षा परियोजना अन्तर्गत मानव बेचविखन बिरुद्ध जनचेतनामुलक ¥याली तथा सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो । सचेतनामुलक कार्यक्रमले समुदायमा मानव बेचबिखनको समस्यालाई उजागर गर्दै सचेतना अभिवृद्धि गर्ने कार्य गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । कार्यक्रममा स्थानीय प्रहरी, समुदायका सदस्यहरू र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूले मानव बेचबिखन र शोषणविरुद्ध सशक्त नाराहरू लगाउँदै प्लेकार्डहरू बोकेर ¥याली निकालेका थिए, जसले जनचेतना अभिवृद्धिमा विशेष प्रभाव पारेको स्थानीयको भनाई छ । क...
साहित्यकार तिमिल्सिनालाई ५१ हजारको प्रेमप्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार प्रदान

साहित्यकार तिमिल्सिनालाई ५१ हजारको प्रेमप्रकाश मल्ल ‘मधुकर’ स्मृति पुरस्कार प्रदान

ताजा-अपडेट, शिक्षा, समाज
सिराज खान नेपालगन्ज, साउन ११ । स्वर्गिय गायक तथा साहित्यकार प्रेमप्रकाश मल्ल “मधुकर“ को ९० औं जन्मजयन्तीको अवसरमा शनिवार प्रेमप्रकाश मल्ल “मधुकर“ स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार डा हरिप्रसाद तिमिल्सिनालाई पुरस्कृत गरिएको छ । भेरी साहित्य समाज केन्द्रिय समितिको आयोजनामा शनिवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीले साहित्यकार तिमिल्सिनालाई ५१ हजार १११ रुपियाँ राशीको पुरस्कारबाट पुरस्कृत गर्नुभयो । रकमसंगै तिमिल्सिनालाई सम्मान पत्र पनि प्रदान गरिएको थियो । स्वर्गिय प्रेमप्रकाश मल्लको पहिलो शोधकर्ताको रुपमा तथा उहाँको कृति र कृतित्वहरुलाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा वरिष्ठ साहित्यकार उपप्रध्यापक तिमिल्सिनालाई पुरस्कृत गरिएको भेरी साहित्य समाजले जनाएको छ । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका...