समाचारदाता
नेपालगन्ज, पुस १ । बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि मधुवन नगरपालिकामा प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।
मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो ।
तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार...
समाचारदाता
नेपालगन्ज, पुस १ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन एकोनोमी परियोजना अन्तर्गत हरित अर्थतन्त्रको महत्व विषयक अभिमुखीकरण कार्यक्रम बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सम्पन्न भएको छ ।
दुबै नगरपालिकामा आयोजित कार्यक्रममा २५–२५ जना सहभागी रहेका थिए । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकार तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई हरित अर्थतन्त्रको अवधारणा, यसको महत्व र स्थानीय तहमा प्रयोगात्मक कार्यान्वयन बारे स्पष्ट बुझाइ प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
अभिमुखीकरणमा हरित अर्थतन्त्रका उत्कृष्ट अभ्यासहरू, नेपाल सरकारका विद्यमान कानुनी व्यवस्था तथा नीतिहरू, साथै नग...
समाचारदाता
नेपालगन्ज, २७ मंसिर । बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्देश्यसहित पाँचदिने संगठनात्मक रणनीति कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।
बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको सो कार्यशालाको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकीले पाँच वर्षे रणनीतिक योजनाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले यो योजना केवल कागजी दस्तावेज मात्र नभई संस्थाको दीर्घकालीन दृष्टि, सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गनिर्देशक दस्तावेज हुने प्रष्ट पार्नुभयो ।
क्लबका अनुसार सो कार्यशालाको मुख्य उद्देश्य प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै विपन्न बालबालिका, सीमान्तकृत समुदाय, पिछडिएका तथा सामाजिक रूपमा उत्पीडित वर्ग, युवा महिला र युवाहरूको जीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याउने दूरदर्शी पाँच वर्षे रणनीतिक योजना तयार गर्...
११२ जनाको पाठेघरको क्यान्सर परीक्षण गर्दा २८ जनामा पोजेटिभ
समाचारदाता
नेपालगन्ज, मंसिर २३ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा मंगलवार सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा १४१ जना महिलाको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण समेत गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समूह बीग्रुप, ए.एफ.डी. र एम.डि.एम.फ्रान्सको सहयोगमा सोे निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
सो शिविरमा स्वास्थ्य परीक्षणकालागि आएका १४१ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धि विभिन्न प्रकारका संक्रमण देखिनुका साथै २८ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद अवस्था देखिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीले बताउनुभयो ।
उहाँले उक्त शिविरमा ४३ जन...
समाचारदाता
नेपालगन्ज, मंसिर १९ । “सामाजिक प्रगतिका लागि अपांगता–समावेशी समाज प्रवद्र्धन” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बर्दियाको गुलरिया नगरपालिकाद्वारा आयोजित ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल, बेस र आइएनएफ तथा अन्य सरोकारवालासँग साझेदारी गर्दै आयोजना गरिएको सो कार्यक्रममा अपांगता मैत्री समाज निर्माणमा जोड दिईएको थियो । गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्दा अर्यालले विशेष सम्बोधन गर्दै अपांगता भएका व्यक्तिहरू क्षमता र योगदानमा कुनै पनि रूपमा कमजोर नभएको बताउनुभयो ।
उहाँले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता विकास र सशक्तिकरणका लागि पालिकाभित्र काम गर्दै आएका विभिन्न संस्थाका गतिविधिबारे जानकारी पनि ग...
समाचारदाता
नेपालगन्ज, मंसिर १३ । बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा “१६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान” अन्तर्गत विद्यालय–आधारित विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
क्लबले बाँसगढी नगरपालिकाको शिक्षा शाखा तथा युनेस्को नेपाल काठमाडौं कार्यालयसँगको सहकार्यमा बाँसगढी नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, सुरक्षा निकाय, विकास साझेदार तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले कार्यक्रमको अध्यक्षता गर्नु भएको सो कार्यक्रममा नगर प्रमुख खड्कबहादुर खड्का प्रमुख अतिथि र नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु टोइट बिशेष अतिथि रहनु भएको थियो ।
सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका सूर्यबहादुर खत्री, नगरपालिकाका प्रशासन अधिकृत नेत्रबह...
समाचारदाता
नेपालगन्ज, मंसिर १२ । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण सम्पन्न गरेको छ ।
भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो ।
क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका टेक्निकल एड्भाइजर साजिद अली सिद्दीकीले संस्थाको इतिहास, संगठनात्मक संरचना, कार्यक्रमका मुख्य क्षेत्रहरू तथा चलिरहेका परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो ।
उहाँले क्लबद्वारा सञ्चालित कार्यक्रमहरूले बालबालिका, युवा महिला, युवा र विपन्न समुदायको जीवनमा ल्याइरहेको सकारात्मक, दिगो र समावेशी परिवर्तनका बारेमा पनि बिस्तृत जानकारी गराउनुभयो ।
फिल्ड मिसनअन्तर्गत सो टोलीले नेपालगन्जस्थित बरकातीया मदरसा ...
समाचारदाता
नेपालगन्ज, मङ्सिर ११ । पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्रांगारिक तरकारी उत्पादन प्रबर्धनकालागि नेपालगन्जमा सञ्चालन गरिएको ६ दिने अभियान सम्पन्न भएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगन्जको राँझा विमानस्थल रोडमा विषादीरहित, ताजा र प्रयोगशालामा परीक्षण गरिएका प्रांगारिक तरकारी बिक्रि गरेर सो अभियान चलाईएको थियो ।
श्री साथि स्वावलम्बन बहुउद्धेश्यीय कृषि सहकारीमार्फत एकीकृत प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रमा सञ्चालन गरिएको उक्त अभियान निकै प्रभावकारी देखिएकोले सो कार्यलाई निरन्तरता दिने सहकारीका अध्यक्ष खेदु चमारले बताउनुभयो ।
उहाँले यस क्षेत्रका किसानले उत्पादन गरेका विषादीरहित, ताजा र प्रयोगशालामा परीक्षण गरिएका ...
समाचारदाता
नेपालगन्ज, मंसिर ११ । बाँके युनेस्को क्लबले मधुवन–१, बर्दियामा सञ्चालन गरेको पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न भएको छ ।
क्लबले प्लान नेपालसंगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १५÷१५ गरी ३० जना सहभागीहरूले हरित व्यापार तथा सूक्ष्म उद्यम सञ्चालनका महत्वपूर्ण ज्ञान तथा सीपहरु प्राप्त गरेको परियोजनाका संयोजक राधे कृष्ण थारूले बताउनुभयो ।
प्रशिक्षक राज बहादुर चौधरीले प्रशिक्षण दिनु भएको सो तालिमको प्रशिक्षणका प्रमुख विषयहरूमा उद्यम विकास र आत्मरोजगार, आत्म–विश्लेषण र आत्मविश्वास वृद्धि, जोखिम लिन सक्ने क्षमता तथा जोखिम न्युनिकरण उपाय, सफल उद्यमीका विशेषताहरू, सर्जनशीलता तथा बजार व्यवस्थापन, व्यावसायिक योजना तयार गर्ने तरिका, व्यवसाय स्थापना गर्न उपयुक्त स्था...
एअरपोर्ट रोड राँझामा अर्गानिक तरकारी बिक्रि गरिंदैछ
समाचारदाता
नेपालगन्ज, मङ्सिर ८ । पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत प्रांगारिक तरकारी उत्पादन र उपभोग प्रबर्धनकालागि नेपालगन्जमा ६ दिने अभियान संचालन गरिएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उक्त अभियान संचालन गरिएको हो ।
सो अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको राँझा एयरपोर्ट रोडस्थित एकीकृत प्रांगारिक तरकारी संकलन तथा बिक्रि केन्द्रमा ६ दिनदेखि विषादीरहित, ताजा र प्रयोगशालामा परीक्षण गरिएका प्रांगारिक तरकारी बिहान ८ देखि बेलुका ६ बजेसम्म उचित मुल्यमा बिक्रि भइरहेको छ ।
उक्त तरकारी बजारलाई निरन्तरता दिन श्री साथि स्वावलम्बन बहुउद्धेश्यीय कृषि सहकरीलाई जिम्मा दिईएको जनाईएको छ ...