१२ चैत्र २०८२, बिहीबार

ताजा-अपडेट

नेपालगन्ज ३ को खानेपानी समस्या समाधान गर्ने बिष्टको प्रतिवद्धता

नेपालगन्ज ३ को खानेपानी समस्या समाधान गर्ने बिष्टको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १३ । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट मंगलवार बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ का मतदाता भेटघाटमा सक्रिय रहनुभएको छ। घरदैलो र प्रत्यक्ष संवादमार्फत मतदाताको आशिर्वाद लिँदै उहाँले दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँसँगै समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुन पनि मतदाता भेटघाटमा सहभागी हुँदै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। उहाँहरुले समावेशी विकास, सामाजिक न्याय र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न संसदभित्र सशक्त भूमिका खेल्ने विश्वास दिलाए । स्थानीयसँगको संवादमा उम्मेदवार बिष्टले वडा नं ३ ले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावलाई गम्भीर चुनौतीका रूपमा लिँदै नीतिगत पहल, बजेट सुनिश्चितता र कार्यान्वयनको ठोस योजना अघि बढाउने बताउन...
नेपालगन्ज ५ मा नेकपाका उम्मेदवार दिपेन्द्र विष्टको चुनावी सम्पर्क कार्यालय उदघाटन

नेपालगन्ज ५ मा नेकपाका उम्मेदवार दिपेन्द्र विष्टको चुनावी सम्पर्क कार्यालय उदघाटन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, १२ माघ । बाँके, क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ को चुनावी सम्पर्क कार्यालयको सोमवार साँझ क्षेत्र नम्बर २ का युवा उम्मेदवार दिपेन्द्र विष्टले उदघाटन गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर २ को उम्मेदवार रहनु भएका विष्टले सो सम्पर्क कार्यालयको उदघाटन गर्दै बाँके २ मा अधिकांश युवाहरु आफ्नो पक्षमा देखिएको जनाउँदै अन्य सबैको पनि सहयोग र समर्थन दिनदिनै बढ्दै गएको बताउनुभयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आफुले कुनै पनि कसर बाँकी नराख्ने प्रष्ट पार्दै यस पटक सबैको सहयोग र समर्थनबाट संसदमा पुग्ने आशा र संभावना प्रवल देखिएको बताउनुभयो । सो उद्घाटन कार्यक्रममा उपस्थित प्रत्यक्षका उम्मेदवार विष्ट, समानुपातिक उम्मेदवारद्वय काली मिया कस्मिरा खातुन र जामिया खातुनलाई कल्पना शर्माले खादा लगाएर सम्मान गर्न...
बाँके निर्वाचन क्षेत्र नं २ मा जेनजी युवासंग निरन्तर संवादमा दिपेन्द्र बिष्ट

बाँके निर्वाचन क्षेत्र नं २ मा जेनजी युवासंग निरन्तर संवादमा दिपेन्द्र बिष्ट

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, १२ माघ । बाँके निर्वाचन क्षेत्र नं २ मा चुनावी बहस नयाँ मोडमा प्रवेश गरेको छ। सामाजिक सञ्जालदेखि चोक–चौराहासम्म, कलेजदेखि समुदायसम्म जेनजी युवाहरूको संगठित समर्थन प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टतर्फ केन्द्रित हुँदै गएको देखिन्छ। युवाहरूले यो समर्थनलाई भावनामा होइन, विचार र भविष्यसँग जोडेर अघि बढाएको बताएका छन्। जेनजी युवाहरूका मुख्य चासो—रोजगारी, सीप विकास, उद्यमशीलता, शिक्षा, प्रविधि र पारदर्शी शासन—माथि उम्मेदवार बिष्टले खुलेर संवाद गरेपछि युवाहरू विश्वस्त बन्दै गएको उनीहरूको भनाइ छ। “हामी नाराभन्दा समाधान खोज्छौँ,” युवाहरूको साझा धारणा छ, र यही अपेक्षासँग बिष्टको दृष्टिकोण मेल खाएको उनीहरूको ठम्याइ छ। उम्मेदवार दिपेन्द्र बिष्टले युवासँगको छलफलमा राजनीतिलाई अवसर होइन, जिम्मेवारीको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमै रोजगारी सिर...
मधेशी लगायत सबै उपेक्षित जनताको अधिकार स्थापित गर्न उम्मेदवारी दिएको हुँ – कमरुद्दीन राई

मधेशी लगायत सबै उपेक्षित जनताको अधिकार स्थापित गर्न उम्मेदवारी दिएको हुँ – कमरुद्दीन राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ ११ । जनता समाजवादी पार्टी नेपालका बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्धिन राईले मधेशी लगायत सबै उपेक्षित जनताको अधिकार स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसी, थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत लगायत समग्र बाँकेबासीको अधिकार र विकासका लागि आफूले उपमेयरको कुर्सी त्यागेर संसदिय निर्वाचनमा होमिएको बताए। ‘बाँके क्षेत्र नं। २ का जनताको स्वाभिमान र इज्जतका लागि मैले उपमेयरको उम्मेदवारी त्यागेँ । उपमेयर रहँदा मैले राज्यबाट धेरै थरि सेवा सुविधा पाइनै रहेको थिएँ । उपमेयर हुँदा जनताको अधिकार स्थापित गर्न सदन नै चाहिने भएकोले सवै सेवा, सुविधा त्यागेर संसदिय निर्वाचनमा होमिन बाध्य भएँ,’ उनले भने । निर्वाचन जितेर गएपछि जनताको घर दैलोमा पाइला नटेक्ने नेतासँग सजग रहन आग्रह गर्दै उनले आश्...
जनताको घरआँगनमै पुगेर भरोसा जुटाउँदै बाँके २ का उम्मेदवार विष्ट

जनताको घरआँगनमै पुगेर भरोसा जुटाउँदै बाँके २ का उम्मेदवार विष्ट

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ ११ गते । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट शुरु गर्नुभएको छ। चुनावी प्रचारप्रसारका क्रममा डुडुवा पुगेका बिष्टले स्थानीय नागरिकसँग संवाद गर्दै उनीहरूको दैनिक जीवनका समस्या, अपेक्षा र चाहनाबारे नजिकबाट बुझ्ने प्रयास गर्नुभएको हो। टोल–टोल र बस्तीमा पुगेर बिष्टले किसान, मजदुर, महिला, युवा तथा ज्येष्ठ नागरिकसँग खुलेर कुरा गर्नुभयो । नागरिकहरूले कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सडक र बाढी–डुबानजस्ता विषय उठाएका थिए। बिष्टले ती विषयलाई ध्यानपूर्वक सुन्दै व्यवहारिक समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो। भेटघाटका क्रममा बिष्टले आफू जनताको बीचबाट आएको उम्मेदवार भएको उल्लेख गर्दै भन्नुभयो, “जनताको समस्या नबुझी नीति बनाउँदा परिवर्तन...
कमरुद्दीन राई, बाँके २ का सर्वाधिक चर्चित र लोकप्रिय उम्मेदवार

कमरुद्दीन राई, बाँके २ का सर्वाधिक चर्चित र लोकप्रिय उम्मेदवार

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १० । बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनु भएका नेपालगन्ज उपमहानगरका निवर्तमान उपमेयर कमरुद्दिन राई अहिले निकै चर्चामा हुनुहन्छ । सरल स्वभाव अनि मिलनसार वानीका धनि राईले पुर्वमन्त्री मोहम्मद ईशितयाक राईकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनु भएकोले उहाँ चर्चाको शिखरमा हुनुहन्छ । नेपालगन्जको उपमेयर जस्तो गरिमामय पदमा बस्दासमेत उहाँले कहिलैै घमण्ड गर्नुभएन। ‘सेवाग्राहीको पिरमर्कामा कमरुद्दिन राई जी सदैव तत्पर भएकोले उहाँमाथि खोट लगाउने ठाउँ छैन,’ नेपालगन्ज उपमहानगरमा भेटिएका एक सेवाग्राहीले भने । गरिव, निमुखाको अधिकार र सेवामा खटिने उहाँ समाजसेवा गर्न रुचाउँने नेता हुनुहन्छ । सामाजिक क्षेत्रमा लगाव भएका उनी १९ बर्षको उमेरदेखि नै राजनीतिमा होमिनुभयो, तर उहाँले पद र शक्तिलाई कहिल्यै चासो दिनुभएन । जनताको सेवामा निरन्तर खटिने कमरुद्दिन राई बाँके क्षेत्र नं ...
बाँके २ का उम्मेदवार बिष्टद्धारा युवालाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता

बाँके २ का उम्मेदवार बिष्टद्धारा युवालाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बिष्टले गरेर नेपालगन्जका जेन–जी युवाहरुसंग छलफल र संवाद समाचारदाता नेपालगन्ज, माघ १० । बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार दिपेन्द्र बिष्टले बदलिँदो समय, प्रविधि र अवसरको खोजीमा रहेका जेन–जीले उठाएका मागहरुप्रति आफू गम्भीर रहेको बताउनुभएको छ । आज नेपालगन्जमा जेन–जी युवाहरूसँग खुला छलफल गर्दै उनिहरुका कुरा सुनेपछि बिष्टले सो बताउनु भएको हो । सो छलफलमा जेन–जी युवाहरूले रोजगारी, सीप विकास, डिजिटल अवसर, शिक्षा प्रणाली, उद्यमशीलता र पारदर्शी शासन जस्ता विषयमा आफ्ना धारणा राखेका थिए। युवाहरूले “हामीलाई भाषण होइन, अवसर चाहिएको छ” भन्दै व्यवहारिक समाधानको अपेक्षा व्यक्त गरेको छलफलमा सहभागि एक युवाले बताउनुभयो । युवाको कुरा ध्यानपूर्वक सुन्दै उम्मेदवार बिष्टले भन्नुभयो, “जेन–जी केवल भोलिको भविष्य होइन, आजकै शक्ति हो। तपाईंहरूले उठाएका हरेक मुद्दा मेरो एजेन्डाको केन्...
बाँकी रहेका विकास निर्माणका काम पुरा गर्न सुर्य चिन्ह लिएर आए – ईश्तियाक राई

बाँकी रहेका विकास निर्माणका काम पुरा गर्न सुर्य चिन्ह लिएर आए – ईश्तियाक राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
मन्त्री भएको बैला यहाँका जनताको माग अनुसार मन्त्रालयका तर्फबाट प्रयाप्त बजेट ल्याएर विकासको काम गरेको छु समाचारदाता नेपालगन्ज, माघ १० । बाँकेमा सबैभन्दा बलियो र हालसम्म प्रमुख प्रतिष्पर्धामा रहनु भएको एक मात्र उम्मेदवार हुनुहन्छ, बाँके क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मोहम्मद ईश्तियाक राई । उहाँले यस पटक बाँके २ बाट दोस्रो पटक जित निकाल्ने गरि मैदानमा होमिनुभएको छ । विकास प्रेमी र युवा उम्मेदवारका रुपमा अत्यधिक चर्चित नेता पुर्वमन्त्री राईले सानो समय सरकारमा रहँदा पनि बाँकेका लागि विकास निर्माणका यति धेरै काम गर्नुभयो कि उहाँको नाम नै विकास प्रमी नेता बन्न गयो । सोही कारणले उहाँले कतिपय प्रधानमन्त्री भइसकेकाहरुको क्षेत्रको भन्दा बढी विकास बाँके २ को भएको दावी समेत गर्नुहुन्छ । उहाँले यस पटक निर्वाचन चिन्ह फेरे पनि विकासको ऐजेन्डा र लक्ष्य नफेरेको बताउनुभयो । उहाँले गत निर्वाचनमा ...
नेपालगन्जलाई आईटी र नवप्रवर्तनको केन्द्र बनाउनेछु – दिपेन्द्र विष्ट

नेपालगन्जलाई आईटी र नवप्रवर्तनको केन्द्र बनाउनेछु – दिपेन्द्र विष्ट

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ १० । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले परिवर्तन, सुशासन र अवसरलाई केन्द्रमा राख्दै यथार्थपरक र कार्यान्वयनमुखी अपील गर्नुभएको छ। वर्षौंदेखि दोहोरिँदै आएका समस्या समाधानका लागि आफुले ठोस बाटो देखाउने उहाँले अपिलमार्फत जनाउनुभएको छ । अपीलमा बाँके–२ ले पटक–पटक परीक्षण गरिसकेको पुरानो राजनीतिक अभ्यासबाट बाहिर निस्केर नयाँ सोच र नतिजामुखी नेतृत्व आवश्यक रहेको उल्लेख छ। बिष्टले आफू जनताको बीचबाट आएको प्रतिनिधि भएको बताउँदै विकासको मूल आधार इमानदारी, समावेशिता र प्रविधिको सदुपयोग हुने स्पष्ट पारेका छन्। भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै बिष्टले सरकारी बजेट, योजना र ठेक्काको विवरण अनलाइन सार्वजनिक गर्ने, डिजिटल उजुरी प्रणाली लागू गर्ने र वडा–तहमा सार्वजनिक सुनुवाइ अनिवार्य गर्ने प्रस्ताव अघि सार्नुभएको छ । यस...
दिपेन्द्र विष्टको उम्मेदवारी जित–हारको खेल नभई उपेक्षित आवाजलाई न्याय दिलाउने जिम्मेवारी बन्यो

दिपेन्द्र विष्टको उम्मेदवारी जित–हारको खेल नभई उपेक्षित आवाजलाई न्याय दिलाउने जिम्मेवारी बन्यो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ ८ । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपेन्द्र बिष्ट अहिले जेष्ठ नागरिकहरूको घर–आँगनमा पुग्दै उहाँहरूका दुःख, माग र अधूरा सपना सुन्दै हुनुहुन्छ। जीवनभर देशका लागि काम गरेका बुवाआमाहरू आज राज्यको नजरबाट ओझेल परेका छन् भन्ने अनुभूति उहाँको अभियानको केन्द्र बनेको छ। “यी आवाज अब घरको चौतारीमै हराउने छैनन्,” बिष्टले भन्नुभयो, “म पहल गर्छु, मेरो आवाज माथिसम्मै पुग्नेछ ।” जेष्ठ नागरिकहरूले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, सम्मानजनक जीवन र राज्यको अपनत्व खोजिरहनु भएको छ । ती अपेक्षाहरू सुन्दा बिष्ट भावुक देखिनुहुन्छ। उहाँका लागि यो चुनाव जित–हारको खेल होइन, उपेक्षित आवाजलाई न्याय दिलाउने जिम्मेवारी हो। आफू जेन–जी आन्दोलनका सहिद तथा घाइतेहरूको सम्मानका लागि उम्मेदवारी दिएको बताउँदै बिष्टले स्पष्ट पार्नु भयो...