२५ मंसिर २०८२, बुधबार

ताजा-अपडेट

भेरी अस्पतालमा रेविजको भ्याक्सिन नहुँदा विपन्न र गरिबलाई गम्भीर समस्या

भेरी अस्पतालमा रेविजको भ्याक्सिन नहुँदा विपन्न र गरिबलाई गम्भीर समस्या

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन ८ । बाँके, बर्दियालगायत यस क्षेत्रका दुई प्रदेशका बिरामीको उपचार गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोपको चरम अभाव भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। नीराजन सुवेदीले बिरामीलाई निःशुल्क रूपमा प्रदान गरिने ‘एन्टी रेबिज भ्याक्सिन’ गत दुई महिनादेखि अस्पतालमा नहुँदा विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीलाई ठुलो समस्या परेको बताउनुभयो । उहाँले अस्पतालमा जेठ महिनादेखि नै खोपको मौज्दात सकिएकाले सेवा दिन नसकिएको जनाउँदै दैनिक अस्पतालमा सो खोप लगाउन आउने करिब ५० जनाजतिको हाराहारीका बिरामीले आफैँ किनेर खोप लगाउनु परेको बताउनुभयो । त्यसबाट विपन्न र आर्थिक अवस्था कमजोर भएकालाई समस्या भएको अस्पताल प्रमुख डा। सुवेदीको भनाइ छ । भेरी अस्पतालका अनुसार कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई भेरी अस्पतालले आफैँ उपलब्ध गराउने भन्दा केन्द्र ...
बिद्यालय पोशाक पनि सीमापारीबाट ल्याउँदा व्यवसाय धराशायी भयो – सिलाई व्यवसायी

बिद्यालय पोशाक पनि सीमापारीबाट ल्याउँदा व्यवसाय धराशायी भयो – सिलाई व्यवसायी

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, असार २६ गते । विद्यार्थिको पोशाक समेत भारतबाट ल्याउने कार्य भइरहेकोले आफुहरुको पेशामा ठुलो प्रभाव परेको जनाउँदै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले सो तत्काल रोक्नुपर्ने माग गरेको छ । सीमापारीबाट कमिशन लिएर विद्यार्थिको पोशाक झिकाउने कार्य भइरहेकोले व्वयसायनै धराशायी भएकोले तत्काल सो कार्य रोक्नुपर्ने लगायतका माग गरेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाईएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष कल्पना पुनले बताउनुभयो । उहाँले विद्यालय पोशाक पनि भारतबाटै सिलाएर ल्याउने कार्य हुन थालेको जनाउँदै सो को बिरोधमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको बताउनुभयो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको १४ बुँदे ज्ञापन पत्रमा बाँकेका सरकारी विद्यालय तथा क्याम्पस साथै निजी विद्य...
तस्करी घट्दा नेपालगन्ज नाकाबाट चिनी र चामलको आयातमा अत्यधिक बृद्धि

तस्करी घट्दा नेपालगन्ज नाकाबाट चिनी र चामलको आयातमा अत्यधिक बृद्धि

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगन्ज, असार २३ गते । लामो समयदेखि चिनी र चामलको अवैध आयात र तस्करी ठुलो परिमाणमा हुँदै आएको यहाँस्थित जमुनाहा नाकाबाट पछिल्लो समयमा सो तस्करी केही हदसम्म घटेको पाईएको छ । सोही कारणले गत केही वर्ष यता यो नाकाबाट घट्दै गएको चिनी र चामलको आयात चालु आर्थिक वर्षबाट फेरी ठुलो परिमाणमा बृद्धि भएको हो । चिनी र चामलको आयात यसरी अत्यधिक बढ्नुमा अवैध आयात र तस्करी कम हुनुनै मुख्य कारण रहेको व्यवसायीहरुलेनै बताएका छन् । चालु आवमा तस्करी र अवैध आयातमा कडाई गरिएकोले नै वैध आयात बृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले अवैध आयात बढेपछि वैध आयात घट्ने गरेको जनाउँदै अहिले चिनी र चामलको वैध आयात बढ्नुको अर्थ अवैध आयात घटेको नै मान्नुपर्ने बताउनुभयो । उहाँले त्यसका साथसाथै माग र खपत बढ्दा पनि आयात बृद्धि हुने गरेको बताउनुभयो । ...
असार महिनाको अविरल वर्षा र सुर्खेतदेखि डोल्पासम्मको जोखिमपूर्ण यात्रा

असार महिनाको अविरल वर्षा र सुर्खेतदेखि डोल्पासम्मको जोखिमपूर्ण यात्रा

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विचार, विविध
अधिवक्ता मीना पराजुली असारको रिमझीम वर्षासँगै सुरु भएको डोल्पाको यात्रा केवल भूगोल परिवर्तनको विषय थिएन । त्यो त आत्मा खोजको एक यात्रा जस्तै थियो । प्रकृतिसँग, चुनौतीसँग, र आफैंसँगको गहिरो संवाद । जुन २३ देखि २९ सम्मको ती सात दिन जीवनका लागि अविस्मरणीय मोड बनिरहेका थिएँ, जहाँ प्रत्येक घण्टा एउटा पाठ थियो, र प्रत्येक पाइला आत्मनिरीक्षणको निम्ति अवसर । असार महिनाको अविरल वर्षा, पहाडको गर्जन, बढ्दो खोलाको गर्जन, हिलोले ढाकिएका अनिश्चित बाटाहरू र भेरी कोरिडोरका अनगिन्ती अवरोधहरूबीच जुन २३ देखि २९ सम्मको त्यो यात्रा केवल डोल्पासम्मको गन्तव्य थिएन, त्यो त आत्मबल, धैर्य र जीवनबोधसँगको अन्तरंग यात्रा थियो । डोल्पा एक भौगोलिकस्थल मात्र होइन, एउटा अनुभव हो । त्यहाँ पुग्न नक्सा मात्र पर्याप्त हुँदैन, मन र आत्मा पनि तयार हुनुपर्छ । डोल्पा एक भौगोलिकस्थल मात्र होइन, एउटा अनुभव हो । त्यहाँ पुग्न ...
कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र नेपालगन्जबाट पक्राउ

कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र नेपालगन्जबाट पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार १८ । कर्णाली विकास बैंकको घोटाला प्रकरणमा प्रहरीले सो बैंकका तत्कालिन अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको छ । उहाँ विसं २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष हुनुहुन्थ्यो । बैंकका पूर्व अध्यक्ष मिश्रलाई नेपालगन्जबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले पुष्टि गर्नुभयो । उहाँले मिश्रलाई सीआईबीको टोलीले पक्राउ गरेको जनाउँदै सोही टोलीले अनुसन्धान गर्ने बताउनुभयो । मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाईएको छ । पक्राउ परेकाहरुलाई बाँकेमा नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान बहादुर थापाको ...
बाँकेका सुनचाँदी व्यवसायीद्धारा पसल व्यवसाय बन्द गरेर नेपालगन्जमा रिले अनसन शुरु

बाँकेका सुनचाँदी व्यवसायीद्धारा पसल व्यवसाय बन्द गरेर नेपालगन्जमा रिले अनसन शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असार १८ । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर जडित गहनामा लगाईएको १३ प्रतिशत भ्याट हटाउने माग गर्दै आन्दोलनमा रहेका बाँकेका सुनचाँदी व्यवसायीहरुले बुधवारदेखि नेपालगन्जमा रिले अनसन शुरु गरेका छन् । नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको अगुवाईमा नेपालगन्जको सदरलाइनमा व्यवसायीहरुले सो रिले अनसन शुरु गरेको  नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाहुद्दीन जसगढले बताउनुभयो । उहाँले सरकारद्धारा लगाईएको अनावश्यक कर विरुद्ध व्यवसायीहरुले अनिश्चितकालीन रुपमा पसल, व्यवसाय बन्द गरेर रिले अनशन समेत शुरु गरेको बताउनुभयो । अनसनको क्रममा पाँच जना व्यवसायी एक पटक अनसनमा बस्ने र सोही प्रकारले पालैपालो गरि अनसनलाई जारी राख्ने जनाईएको छ । नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका महासचिव सुखनारायण सोनारले बन्दको समयमा सुनचाँदीको गहनाको कारोबार गरेको पा...
मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा नेपालगन्जमा बृहत्त बृक्षारोपण

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा नेपालगन्जमा बृहत्त बृक्षारोपण

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असार १४ । जननेता स्वर्गिय मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिबार बाँकेमा नेकपा एमालेले बृहत् बृक्षारोपण गरेको छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले नेपालगन्जका दुई स्थानमा ५०० बढी बिरुवा रोपेको हो । मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालको अगुवाइमा नेकपा एमाले बाँकेको पार्टी कार्यालय परिसरमा तथा नेपाल उद्योग तथा ब्यवसायी महासंघ बाँकेका अध्यक्ष भिम रानाभाटको अगुवाइमा एकीकृत भंसार जाँचचौकी परिसरमा बृक्षारोपण गरिएको हो । पार्टी कार्यालय परिसरमा गरिएको बृक्षारोपणमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शान्ती ढकाल, केन्द्रीय सदस्य मोहमद हारुन, जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा , पार्टी पदाधिकारी एवं जनवर्गीय संगठनका नेताहरुको सहभागीता रहेको मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम...
बाँकेमा चार जिपिए ल्याउने एकजना मात्र, ६२.२३ प्रतिशत विद्यार्थी उत्तिर्ण

बाँकेमा चार जिपिए ल्याउने एकजना मात्र, ६२.२३ प्रतिशत विद्यार्थी उत्तिर्ण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँके जिल्लाबाट एकजना विद्यार्थिले मात्र चार जिपिए ल्याउन सफल भएका छन् । जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका इकाई प्रमुख धनसुदन चौलागाइका अनुसार जिल्लाबाट सात हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई हजार ९ सय ९२ विद्यार्थी अनुत्तीर्ण भएको इकाइले जनाएको छ । बाँके जिल्लामा चार जिपिए ल्याउने एकजना मात्र बिद्यार्थि कोहलपुरस्थित बालविद्या बोर्डिंग स्कूलकी छात्रा सृजना डिसी रहनु भएको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख चौलागाइले बताउनुभयो । बाँके जिल्लामा ३.६१ देखि ४ जिपिए ल्याउने ६ सय ४२ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने एक हजार छ सय ७ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने एक हजा...
बर्दिया राजापुर र मधुवनका विद्यालयहरूलाई सिकाई सामग्री हस्तान्तरण

बर्दिया राजापुर र मधुवनका विद्यालयहरूलाई सिकाई सामग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बर्दिया जिल्लाको मधुवन र राजापुर नगरपालिका भित्रका विद्यालयहरूलाई शैक्षिक सिकाई सामग्री हस्तान्तरण गरिएको छ । बाल विकास र प्रारम्भिक तहमा अध्यनरत बिधार्थीको सिकाई क्रियाकलापलाई बाल केन्द्रित तथा रमाइलो बाताबरण तयार गर्नका साथै पढाईप्रति रुची जगाउन, पढाई सिपको बिकास गर्न र सब्द भण्डारको बृद्धि गर्ने उदेश्यले सिकाई सामग्री हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । सो सामाग्रीले प्रारम्भिक कक्षा र बाल विकास कक्षामा अध्ययनरत बाल बालिकाहरूको रुचि बढाउनुका साथै कक्षामा निरन्तरता दिन प्रेरित गर्ने छ । हस्तान्तरण गरिएका सिकाई सामग्रीहरुमा बाल विकास कक्षाका लागि शैक्षिक सामग्रीको सेट, भण्डारण बाकस, काठको र्याक र कक्षा १, २ र ३ का लागि ५०–५० थान कथाको पुस्तकहरू...
मानवबेचविखन नियन्त्रण गर्न साथी संस्थाको सूचना केन्द्रलाई सामाग्री हस्तान्तरण

मानवबेचविखन नियन्त्रण गर्न साथी संस्थाको सूचना केन्द्रलाई सामाग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखन बिरुद्ध काम गर्दै आएको एक संस्थालाई सुदृढ बनाउनुका साथै सेवालाई प्रभावकारी बनाउन बिभिन्न सामाग्री हस्तारन्तरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाई विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले मानवबेचविखन नियन्त्रणमा सघाउ पुग्ने गरि साथी संस्थाको सूचना केन्द्रलाई सक्षम बनाउन विभिन्न सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बिकले यो पहल मानव बेचबिखनबाट प्रभावित समुहहरूको सेवामा सुधार गर्न समुदायस्तरमै सेवा प्रवाह प्रणालीलाई सुदृढ बनाउने उदेश्य अन्तर्गत गरिएको ज...