२२ जेष्ठ २०८३, शुक्रबार

मुख्य समाचार

क्रिसमस डे को अवसरमा १०५ वर्षका जेष्ठ नागकिसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी वितरण

क्रिसमस डे को अवसरमा १०५ वर्षका जेष्ठ नागकिसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस १३ । क्रिसमस डे २०२४ को उपलक्षमा बर्दियाको बढैयाताल गाउँपालिका वडा न ३ का सय वर्षमाथिका बृद्ध र विपन्न बालबालिकालाई न्यानो लुगा तथा स्टेशनरी बितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा रहेको आशिस चर्चमा १०५ बर्षका सो क्षेत्रकै सबैभन्दा जेष्ठ नागरिक लगायत पाँच जनालाई चिसोबाट जोगाउन न्यानो कम्बल र पाँच जना बालकलाई सुईटर तथा १२ जना बालबालिकालाई स्टेसनरी सामानहरू बितरण गरिएको बढैयाताल गाउँपालिकाको कार्यपालिका सदस्य चन्द्रकला विकले बताउनुभयो । सो अवसरमा मुख्य अतिथि पूर्व राज्यमन्त्री दल बहादुर सुनारले जेष्ठ नागरिकसहित बालबालिकालाई न्यानो लुगा र स्टेशनरी सामान बितरण गर्नुभयो । उहाँले क्रिसमस डे जस्तो महान अवसर पारेर यो अतिनै पुण्य काम गरिएको जनाउँदै यो कार्यमा सहयोग गर्ने स्थानीय सबै समाजसेवीहरुप्रति आभार व्यक्त गर्नुभयो । बितरण गरिएका सामाग्रीहरु स्थानीय स...
खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनकालागि सचेतना कार्यक्रम सम्पन्न

खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनकालागि सचेतना कार्यक्रम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस १० । भेरी वातावरणिय विशिष्टता समूह बी–ग्रुप र खजुरा गाउँपालिकाको संयुक्त आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुका लागि प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धन गर्न सचेतना कार्यक्रम आयोजना गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो । उहाँले सो कार्यक्रममा किसानले उत्पादन गरेको तरकारीको परीक्षण गर्दा विषादी नभएको अर्गानिक तरकारी रहेको रिपोर्ट आएको पनि बताउनुभयो । कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्यहरुले एकीकृत शत्रुजीव ब्यवस्थापन प्रविधिबाट उत्पादन गरिएको अर्गानिक तरकारी समेत राखिएको ‘पेशागत तथा वातावरणीय ...
बर्दियामा जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

बर्दियामा जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ८ गते । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन गरिएको बालिका सशक्त परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो । तालिमको उदेश्य परियोजनाका साझेदार संस्थाहरूका पदाधिकारी र कर्मचारीहरू तथा पालिकाका विपद फोकल पर्सनहरुलाई जलवायु संकट, विपद् जोखिम व्यवस्थापन र विपद् न्यूनीकरणकालागि मानवीय सहायता कार्यक्रम एवं विपद् जोखिममा परेकाहरूको उद्धार र राहत सहयोगको सन्दर्भमा आपतकालीन अवस्थामा मानवीय सहायता प्रदान गर्न क्षमता अभिवृद्धि गर्नु रहेको प्लान नेपालले जनाएको छ । सो तालिममा बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बी ग्रुपका पदाधिकारी, कर्मचारीसंगै गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल ग...
नेपालगन्जका दुई पानी उद्योगी विरुद्ध मुद्दा दायर

नेपालगन्जका दुई पानी उद्योगी विरुद्ध मुद्दा दायर

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगंज, पुस ८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले यस आर्थिक वर्षमा ३ वटा मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन बिपरित कार्य गरेको अभियोग ती मुद्दा जिल्ला प्रशासन कार्यालयमा दायर भएका हुन । कार्यालयका अनुसार नेपालगंज १५ स्थित डिउ ड्रप ड्रिङ्किङ वाटर उद्योगले पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ बिपरित मापदण्ड नपुर्याइ उद्योग संचालन गरेको, नियमित पानीको परिक्षण नगरेको, उद्योगको परिसर फोहोर राखेको तथा खाद्य निरिक्षण अधिकारीले निरिक्षणको क्रममा दिएको निर्देशन पालना नगरेको अभियोगमा विरुद्ध यो मुद्दा दायर भएको कार्यालय प्रमुख प्रशान्त पोखरेले जनाउनु भयो । चार लाख ५० हजार मागदावी राखिएको छ। अर्को मुद्दा वाई के ड्रिङ्किङ बाटर उद्योग विरुद्ध अघिल्लो महिना दायर भएको थियो । त्यस्तै गत कार्तिक २५ मा नेपालगंज १८ स्थित क्वालिटि चाउमिन उ...
नेपालगन्जको सरसफाई र स्वच्छताका लागि एकिकृत प्रयासमा बिशेष जोड

नेपालगन्जको सरसफाई र स्वच्छताका लागि एकिकृत प्रयासमा बिशेष जोड

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ७ । पश्चिम नेपालकै व्यवसायिक नगर तथा केन्द्रविन्दु मानिने नेपालगन्जको सरसफाई र स्वच्छताका लागि सबै सरोकारवालाले एकिकृत प्रयास गर्नु पर्नेमा बिशेष जोड दिईएको छ । एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा आइतवार आयोजना गरिएको नगरपालिकास्तरीय खानेपानी, सरसफाई स्वच्छता समन्वय समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रममा सो जोड दिईएको हो । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टको उपस्थितीमा सम्पन्न भएको सो बैठक तथा अन्तरक्रियामा बोल्ने अधिकांश सरोकारवालाले नेपालगन्जको फोहोर व्यवस्थापन कुनै पनि एक पक्षको प्रयासले सफल नहुने ठहर गर्दै सबैको एकिकृत प्रयास आवश्यक रहेको बताएका थिए । उनिहरुले नेपालगन्जको सफाई र स्वच्छता निकै चुनौतीपूर्ण बिषय रहेको जनाउँदै त्यसका लागि सबै एकिकृत भएर लाग्नु...
सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यकालागि सुरक्षा र बीमामा बिशेष जोड

सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यकालागि सुरक्षा र बीमामा बिशेष जोड

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ६ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले नेपालगन्जमा आयोजना गरेको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकमा सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यका लागि अपनाउनु पर्ने बिभिन्न उपायहरुका बारेमा बिस्तृत रुपमा छलफल गरिएको छ । एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले जिल्लाका तीनवटा पालिकामा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो बैठकको आयोजना गरिएको हो । बैठकमा सरसफाईकर्मीहरुको स्वास्थ्य बीमा वा सामाजिक सुरक्षामा आवद्धता, सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यका लागि व्यक्तिगत सुरक्षा सामाग्रीको व्यवस्था, नेपालगन्ज उपमहानगरको फोहोर व्यवस्थापनका लागि नगरभित्र डस्टबीनको व्यवस्था र स्थानीय स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क केन्द्र बनाउने बारेमा सहभागिहरुबिच छलफल भएको थियो । सो बैठकमा नेपालगन्...
सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत २८८ जनाको निशुल्क स्वास्थ्य परीक्षण

सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत २८८ जनाको निशुल्क स्वास्थ्य परीक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, पुस ६ गते । ‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेमा सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर २८८ जना सीमावासीको स्वाथ्य परीक्षणसंगै औषधी बितरण गरेको छ । शिविरमा १५२ महिला र १३६ जना पुरुषको उपचार गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले डुडुवा गाउँपालिकाको समन्वय तथा मध्यपश्चिम क्षेत्रीय सशत्र प्रहरी बल अस्पताल बाँकेको सहकार्यमा सीमाना नजिकको खडैचा पिप्रहवामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सो शिविरमा २८८ जनाको निशुल्क उपचार गर्नुका साथै उनिहरुलाई बिभिन्न प्रकारका औषधीहरु पनि निशुल्क बितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो । उहाँले सीमावासीको हरेक दुखसुखमा सहभागि हुने तथा उनिहरुसंग सम्बन्ध प्रग...
बर्दिया जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा कार्यक्रम अनुगमन

बर्दिया जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा कार्यक्रम अनुगमन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ६ । बर्दिया जिल्लाको बिकास साझेदारका रुपमा कार्यरत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बि ग्रुपद्धारा संचालित शसक्त बालिका परियोजना, बाल बिवाह न्युनिकरण परियोजना र ग्रीन इकोनोमी परियोजना अन्तर्गत संचालित बिभिन्न कार्यक्रम तथा सामाग्रीहरुको अनुगमन गरिएको छ । सो अनुगमन जिल्लास्तरीय कार्यक्रम सल्लाहकार समितिद्धारा गरिएको हो । अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट, उपप्रमुख अमृता कुमारी यादव, शिक्षा विकास समन्वय ईकाई प्रमुख सूर्य बहादुर खत्री, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, प्लान नेपालका कार्यक्रम व्यवस्थापक मानविर बिक, कार्यक्रम अधिकृत निर्मला महत, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, बि ग्र...
पेशागत स्वास्थ्य तथा सुरक्षासेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न

पेशागत स्वास्थ्य तथा सुरक्षासेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदता नेपालगन्ज, पुस ६ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले स्वास्थ्यकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा सेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम नेपालगन्जमा सम्पन्न गरेको छ । संस्थाले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा बाँकेका तीनवटा पालिकामा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो तालिम आयोजना गरिएको हो । परियोजनामा संलग्न रहनु भएका नेपालगन्ज उपमहानगर, खजुरा र डुडुवा गाउँपालिकाका १५ सय किसान तथा ५ सय सरसफाईकर्मीको पेशागत जोखिम न्युनिकरण र स्वास्थ्य सुनिश्चितताका लागि परामर्श तथा जाँचहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुमा नियमित हुने गरेको छ । सोही सेवालाई थप प्रभावकारी बनाउन पुनर्ताजगी तालिम संचालन गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो । सो तालिमको प्रमुख प्रशिक्षकमा एमडीएम फ्रान्सका मेडिकल कोअर्डिनेटर सन्ध्या सुवेदी ...
सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले १८ औं बार्षिकोत्सव भव्य रुपमा मनायो

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ४ । बिहिबार दिउँसो जब सयौं बिद्यार्थिहरु एकै पटक बिभिन्न रंगविरंगी लुगा लगाएर आकर्षक नृत्य गर्दै मैदानमा उत्रिए, ठुलो संख्यामा त्यहाँ उपस्थित अभिभावक र अतिथिहरु सो दृष्य कैद गर्न आआफ्नो मोबाइलमा निकै बेरसम्म व्यस्त दखिए । यो दृष्य थियो, बाँके जिल्लाकै उत्कृष्ट बिद्यालयहरुमध्येको एक सोफिया रेजिडेन्सियल ईंगलिस स्कुल नेपालगन्जको बिद्यालय परिसर भित्रको खुला मैदानको । जहाँ भव्य कार्यक्रमको आयोजना गरी बिद्यालयले आफ्नो १८ औँ वार्षिकोत्सव तथा क्रिसमस सेलिब्रेसन मनाउँदै थियो । सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका बिद्यार्थिहरुले प्रस्तुत गरेको सामुहिक नृत्य, नाटक र लोपोन्मुख नृत्यमा करिब ५ घण्टासम्म सबै मंत्रमुग्ध भए । सो बिद्यालयका बालबालिकाले प्रस्तुत गरेको प्रस्तुती अतिनै सराहनीय र उत्कृष्ठ रहेको अधिकांशको प्रतिक्रिया थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क...