बाँकी रहेका विकास निर्माणका काम पुरा गर्न सुर्य चिन्ह लिएर आए – ईश्तियाक राई
मन्त्री भएको बैला यहाँका जनताको माग अनुसार मन्त्रालयका तर्फबाट प्रयाप्त बजेट ल्याएर विकासको काम गरेको छु
समाचारदाता
नेपालगन्ज, माघ १० । बाँकेमा सबैभन्दा बलियो र हालसम्म प्रमुख प्रतिष्पर्धामा रहनु भएको एक मात्र उम्मेदवार हुनुहन्छ, बाँके क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मोहम्मद ईश्तियाक राई । उहाँले यस पटक बाँके २ बाट दोस्रो पटक जित निकाल्ने गरि मैदानमा होमिनुभएको छ ।
विकास प्रेमी र युवा उम्मेदवारका रुपमा अत्यधिक चर्चित नेता पुर्वमन्त्री राईले सानो समय सरकारमा रहँदा पनि बाँकेका लागि विकास निर्माणका यति धेरै काम गर्नुभयो कि उहाँको नाम नै विकास प्रमी नेता बन्न गयो । सोही कारणले उहाँले कतिपय प्रधानमन्त्री भइसकेकाहरुको क्षेत्रको भन्दा बढी विकास बाँके २ को भएको दावी समेत गर्नुहुन्छ । उहाँले यस पटक निर्वाचन चिन्ह फेरे पनि विकासको ऐजेन्डा र लक्ष्य नफेरेको बताउनुभयो ।
उहाँले गत निर्वाचनमा ...









