समाचारदाता
नेपालगन्ज, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ ।
तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा गुणस्तरीय फोटो तथा भिडियो निर्माण गर्ने सीप विकास गरी सशक्त बनाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो ।
साथै, स्थानीय तहमा रहेका वातावरणीय समस्या तथा हरित पहलहरूलाई दस्तावेजीकरण गर्दै भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारलाई सचेत गराउने क्षमता विकास गर्नु पनि तालिमको लक्ष्य रहेको क्लबले जनाएको छ ।
सो तालिमको क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय, सुर्...
समाचारदाता
नेपालगन्ज, पुस ४ । बाँकेको डुडुवा र खजुरा गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरिएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत दुबै पालिकामा छुट्टा छुट्टै सो अनुगमन तथा बैठक सम्पन्न गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा डुडुुवा गाउँपालिकामा पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायत पालिकाको स्वास्थ्य, कृषि र योजना शाखाको सहभागिता रहेको थियो ।
सोही प्रकारले खजुरा गाउँपालिकामा सम्पन्न बैठक र अनुगमनमा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वली, प्रमुख प्रशासकीय अधिकृत, कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र लगायत स्थानीय गाउँपालिकाको वि...
समाचारदाता
नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखनका घटनामा प्रभावकारी समन्वयकालागि सीमा क्षेत्रमा कार्यरत जिम्मेवार निकायहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सुरक्षा परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नीति निर्माण तहका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप–प्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधि, वडा अध्यक्षहरू, स्थानीय मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरू तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
नेपाल प्रहरी महिला तथा बालबालिका सेवा इकाइ राजापुरकी प्रमु...
समाचारदाता
नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपसँग सहकार्य गर्दै बर्दियाको मधुवन नगरपालिका तथा ठाकुरबाबा नगरपालिकामा संयुक्त अनुगमन सम्पन्न गरेको छ ।
अनुगमन भ्रमणको मुख्य उद्देश्य कार्यक्रम अन्तर्गत सञ्चालन भएका गतिविधिहरूको गुणस्तर र प्रभावकारिता मूल्याङ्कन गर्नु, लाभग्राहीहरूको सन्तुष्टि बुझ्नु तथा स्रोत साधनको सही उपयोगको अवस्था अध्ययन गर्नु रहेको थियो ।
अनुगमनका क्रममा मधुवन नगरपालिकास्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा श्रवण अपाङ्गता भएका विद्यार्थीहरूकालागि उपलब्ध गराइएका नेपाली सांकेतिक भाषा सामग्रीको प्रयोग अवस्था अवलोकन गरिएको थियो ।
त्यस्तै, ठाकुरबाबा नगरपालिका–बगनाहास्थित चुरे माध्यमिक विद्यालयमा प्रदान गरिएका विज्ञान प्रयोगशाला सामग्रीको अनुगमन गर्दै विद्यालयका शिक्षक, विद्यालय...
समाचारदाता
नेपालगन्ज, पुस १ । बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि मधुवन नगरपालिकामा प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।
मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो ।
तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार...
समाचारदाता
नेपालगन्ज, २७ मंसिर । बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्देश्यसहित पाँचदिने संगठनात्मक रणनीति कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।
बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको सो कार्यशालाको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकीले पाँच वर्षे रणनीतिक योजनाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले यो योजना केवल कागजी दस्तावेज मात्र नभई संस्थाको दीर्घकालीन दृष्टि, सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गनिर्देशक दस्तावेज हुने प्रष्ट पार्नुभयो ।
क्लबका अनुसार सो कार्यशालाको मुख्य उद्देश्य प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै विपन्न बालबालिका, सीमान्तकृत समुदाय, पिछडिएका तथा सामाजिक रूपमा उत्पीडित वर्ग, युवा महिला र युवाहरूको जीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याउने दूरदर्शी पाँच वर्षे रणनीतिक योजना तयार गर्...
समाचारदाता
नेपालगन्ज, मंसिर १९ । “सामाजिक प्रगतिका लागि अपांगता–समावेशी समाज प्रवद्र्धन” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बर्दियाको गुलरिया नगरपालिकाद्वारा आयोजित ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल, बेस र आइएनएफ तथा अन्य सरोकारवालासँग साझेदारी गर्दै आयोजना गरिएको सो कार्यक्रममा अपांगता मैत्री समाज निर्माणमा जोड दिईएको थियो । गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्दा अर्यालले विशेष सम्बोधन गर्दै अपांगता भएका व्यक्तिहरू क्षमता र योगदानमा कुनै पनि रूपमा कमजोर नभएको बताउनुभयो ।
उहाँले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता विकास र सशक्तिकरणका लागि पालिकाभित्र काम गर्दै आएका विभिन्न संस्थाका गतिविधिबारे जानकारी पनि ग...
समाचारदाता
नेपालगन्ज, मंसिर १२ । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण सम्पन्न गरेको छ ।
भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो ।
क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका टेक्निकल एड्भाइजर साजिद अली सिद्दीकीले संस्थाको इतिहास, संगठनात्मक संरचना, कार्यक्रमका मुख्य क्षेत्रहरू तथा चलिरहेका परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो ।
उहाँले क्लबद्वारा सञ्चालित कार्यक्रमहरूले बालबालिका, युवा महिला, युवा र विपन्न समुदायको जीवनमा ल्याइरहेको सकारात्मक, दिगो र समावेशी परिवर्तनका बारेमा पनि बिस्तृत जानकारी गराउनुभयो ।
फिल्ड मिसनअन्तर्गत सो टोलीले नेपालगन्जस्थित बरकातीया मदरसा ...
समाचारदाता
नेपालगन्ज, मंसिर ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।
क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य किशोरी तथा युवाहरूको जलवायु परिवर्तन र विपद् सम्बन्धी ज्ञान, नेतृत्व क्षमता र स्थानीय स्तरमा कार्यान्वयन क्षमतामा वृद्धि गर्नु रहेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनका आधारभूत अवधारणा, कारण तथा स्थानीय प्रभाव,अनुकूलन र न्युनिकरणका व्यावहारिक उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
तालिमका सहभागीहरूले आफ्नो समुदायमा देखापर्ने जलवायु तथा विपद् सम्बन्धी समस्याहरूका ...
समाचारदाता
नेपालगन्ज, मंसिर २ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुबन नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ ।
“सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला आयोजना गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, वडा अध्यक्षहरू मेकबहादुर गुरुङ, राजेन्द्र हमाल र हर्कबहादुर बस्नेत लगायत महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ तथा अन्य स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालाको सहजीकरण केशवराज कोइरालाले गर्नुभयो भने सञ्चालन परियोजना संयोजक ईश्वर बि.केले गर्नुभयो । बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर सबित्रा भाटले कार्यक्रममा महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय सहयोग पु¥याउनुभएको थियो ।
कार्यशालाले सहभागीहरूलाई चिन्तन, छलफल र संयुक्त योजना निर्माणका लागि प्रभावक...