२ माघ २०८२, बिहीबार

विविध

युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया

युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १२ । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण सम्पन्न गरेको छ । भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो । क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका टेक्निकल एड्भाइजर साजिद अली सिद्दीकीले संस्थाको इतिहास, संगठनात्मक संरचना, कार्यक्रमका मुख्य क्षेत्रहरू तथा चलिरहेका परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो । उहाँले क्लबद्वारा सञ्चालित कार्यक्रमहरूले बालबालिका, युवा महिला, युवा र विपन्न समुदायको जीवनमा ल्याइरहेको सकारात्मक, दिगो र समावेशी परिवर्तनका बारेमा पनि बिस्तृत जानकारी गराउनुभयो । फिल्ड मिसनअन्तर्गत सो टोलीले नेपालगन्जस्थित बरकातीया मदरसा ...
गुलरियामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सम्पन्न

गुलरियामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, मंसिर ८ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य किशोरी तथा युवाहरूको जलवायु परिवर्तन र विपद् सम्बन्धी ज्ञान, नेतृत्व क्षमता र स्थानीय स्तरमा कार्यान्वयन क्षमतामा वृद्धि गर्नु रहेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनका आधारभूत अवधारणा, कारण तथा स्थानीय प्रभाव,अनुकूलन र न्युनिकरणका व्यावहारिक उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । तालिमका सहभागीहरूले आफ्नो समुदायमा देखापर्ने जलवायु तथा विपद् सम्बन्धी समस्याहरूका ...
मधुबनमा पनि मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला

मधुबनमा पनि मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर २ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुबन नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ । “सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला आयोजना गरिएको क्लबले जनाएको छ । कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, वडा अध्यक्षहरू मेकबहादुर गुरुङ, राजेन्द्र हमाल र हर्कबहादुर बस्नेत लगायत महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ तथा अन्य स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण केशवराज कोइरालाले गर्नुभयो भने सञ्चालन परियोजना संयोजक ईश्वर बि.केले गर्नुभयो । बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर सबित्रा भाटले कार्यक्रममा महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय सहयोग पु¥याउनुभएको थियो । कार्यशालाले सहभागीहरूलाई चिन्तन, छलफल र संयुक्त योजना निर्माणका लागि प्रभावक...
मानव बेचबिखन विरुद्ध राजापुरमा रणनीतिक योजना कार्यशाला सम्पन्न

मानव बेचबिखन विरुद्ध राजापुरमा रणनीतिक योजना कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर २ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी एवं राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखन विरुद्ध रणनीतिक योजना कार्यशाला सम्पन्न गरेको छ । क्लबद्धारा सञ्चालन गरिएको “सुरक्षा परियोजना” अन्तर्गत सो कार्यशाला कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अध्यक्षता गर्दै राजापुर नगरपालिकाकी उप–प्रमुख मनकला कुमारी चौधरीले मानव बेचबिखन विरुद्ध समुदायको प्रतिरोधात्मक क्षमता बढाउन यस्ता कार्यशालाले अहम भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित रणनीतिक योजना तयार पार्नु पर्ने आवश्यकता औंल्याउनुभयो । सो कार्यशालामा वडा प्रतिनिधिहरू, महिला तथा बालबालिका शाखा, स्वास्थ्य इकाइ, तथा विभिन्न स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य सहजीकरण केशवराज कोइरालाले गर्नुभयो भने सञ्चालन ...
युवा नेतृत्व र चेतना अभिवृद्धिकालागि मधुवनमा युथ मिटअप कार्यक्रम सम्पन्न

युवा नेतृत्व र चेतना अभिवृद्धिकालागि मधुवनमा युथ मिटअप कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर १ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवन १ मा दुई–दिने युवा भेटघाट÷परामर्श कार्यक्रम सम्पन्न गरेको छ । बालिका शसक्त परियोजनाअन्तर्गत सम्पन्न गरिएको सो कार्यक्रमको उद्देश्य युवाको विकासमा प्रभाव पार्ने प्रमुख मुद्दाहरू पहिचान गर्ने, समाधानमुखी संवाद प्रोत्साहन गर्ने तथा समुदायमा आधारित सामूहिक कार्यनीति निर्माण गर्ने रहेको थियो बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले साथै, कार्यक्रममा युवाहरूलाई उनका अधिकार, जिम्मेवारी, स्थानीय सरकारका सेवा तथा पहुँच बारे जानकारी गराउँदै, समुदायमा प्रचलित हानिकारक सामाजिक प्रथाहरू तथा लागुऔषध दुरुपयोग घटाउनेतर्फ सक्रिय सहभागिता बढाउने रहेको पनि बताउनुभयो । कार्यक्रममा मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले युवाहरू तथा किशोरी क्लबका सदस्यहरूबीच सहयोग, समन...
‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको विमोचन तथा वरिष्ठ साहित्यकार तिमिल्सिना एवं ढकाल पुरस्कृत

‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको विमोचन तथा वरिष्ठ साहित्यकार तिमिल्सिना एवं ढकाल पुरस्कृत

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
सिराज खान नेपालगन्ज, भदौ २१ गते । बाँके जिल्लामा रहेर साहित्य सिर्जनामा क्रियाशील २६ जना नारीस्रष्टाका ५४ वटा कृतिहरूको समालोचना गरिएको ‘बाँकेका नारीस्रष्टा र सिर्जना’ कृतिको नेपालगन्जमा शनिवार विमोचन गरिएको छ । कल्पना फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मीले समालोचक लेक प्रसाद प्याकुरेलको उक्त कृतिको बिमोचन गर्नुभयो । सो अवसरमा कृतिमा समेटिएका २६ वटै नारी स्रष्टाहरूलाई प्रमुख अतिथि रेग्मी र विशिष्ट अतिथि प्रा.डा.कृष्ण घिमिरेले नारी रत्न सम्मान प्रदान गर्नुभएको थियो । उक्त कृतिको समीक्षा समालोचक डा.पुष्कर रिजालले गर्नुभयो । सोही कार्यक्रममा साहित्यकार समालोचक डा.हरि प्रसाद तिमिल्सिनालाई कल्पना पौडेल जिज्ञासुद्वारा स्थापित मनिकर्ण टीकाराम स्मृति पुरस्कार र साहित्यकार महानन्द ढकाललाई ऋषिराम सापकोटाद्वारा स्थाप...
बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

बाँस बेतको हस्तकला तालिमबाट फेरियो इन्दिरा र गीता चौधरीको जीवन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
सिराज खान नेपालगन्ज, भदौ १६ । बर्दियाको राजापुर नगरपालिकाकी इन्दिरा चौधरी र गीता चौधरी केही महिना पहिलेसम्म काम तथा रोजगारी नपाएर हैरान हुनुहुन्थ्यो, तर, आज उहाँहरु दुबैजना दृढ संकल्प, लगनशीलता र आत्मविश्वासका जीवित उदाहरण बनेर देखाउन सफल हुनु भएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत बाँस बेतका सामाग्री बनाउने ३९० घण्टाको तालिम लिएपछि इन्दिरा र गीताको जीवन यात्रा परिवर्तन भएको हो । उहाँ दुबैजनाले अतिनै लगन र मिहिनेतका साथ सो कठिन र गहन तालिम सम्पन्न गरेपछि, अहिले उहाँहरूले बाँसका डाली, बाँसको फूल राख्ने भाँडो, टेबुल–कुर्सी लगायतका आकर्षक तथा बजारयोग्य सामग्री उत्पादन गरेर विक्रि समेत गर्न थाल्नु भएको छ । यसले उहाँहरू दुबैको जीवनमा सानो समयमै आर्थिक स्थिरता मात्र ल्याएको छैन, बरु उहाँहरूलाई आफ्नो भविष्य आफैं ...
बर्दियाको मधुवनमा मानब बेचबिखन तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बाद

बर्दियाको मधुवनमा मानब बेचबिखन तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बाद

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, १५ भदौ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ को वडा कार्यालयमा मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाहविरुद्ध अन्तर–पुस्ता सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा सदस्यहरू, सशस्त्र प्रहरीका निरीक्षक, नेपाल प्रहरीका सह–निरीक्षक, विद्यालयका शिक्षक, वडा सचिव तथा कर्मचारी, सामुदायिक अगुवा, बडघर, बाल क्लबका सदस्यहरू, युवादूत तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो । सो अन्तरपुस्ता संवादले समुदायमा जागरूकता अभिवृद्धि गर्ने, सहकार्य मजबुत बनाउन तथा बालबालिकाको सुरक्षित भविष्यकालागि सामूहिक कदम चाल्न प्रेरणादायी भूमिका खेलेको...
भुकम्पपिडित बालिकालाई समाजसेवी बिकद्धारा शैक्षिक सामाग्री सहयोग

भुकम्पपिडित बालिकालाई समाजसेवी बिकद्धारा शैक्षिक सामाग्री सहयोग

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ८ । २०८० सालमा आएको भुकम्पमा परेर अभिभावक गुमाएकी एक बालिकालाई बर्दिया बढैयाताल ३ पुष्पनगरका वरिष्ठ समाजसेवी एवं नेपाल प्रहरीका असई कुल बहादुर विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । केही महिना पहिले मात्र असई बिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पनि पुरस्कृत गरेको थियो । उहाँलाई दिईएको जिम्मेवारी कर्तव्यनिष्ट भइ संगठनको निति निर्देशन अनुसार कुशलताका साथ कार्य सम्पादन गरेकोमा नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो । २०८० साल कात्तिक १७ गते आएको भुकम्पमा परेर रुकुमको छेपारे रिम्नामा निधन भएको खडक बहादुर विकको छोरी भगवति सस्कृति सेकेन्डरी स्कुल तिलकाना बर्दियामा कक्षा २ अध्ययनरत बिद्यार्थी श्रीष्टि बिकलाई सहयोग स्वरुप समाजसेवी तथा असई विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । हाल बढैयाताल गाउँपालिका ३ पुष्पनगरमा आफ्नो आमाका साथ बस्दै आएकी बिद्यार्थी...
बाँकेमा आज धुमधामका साथ अटवारी पर्व मनाईंदैछ

बाँकेमा आज धुमधामका साथ अटवारी पर्व मनाईंदैछ

ताजा-अपडेट, मुख्य समाचार, विविध, समाज
समाचारदाता नेपालगन्ज, भदौ ८ गते । बाँकेका थारु बाहुल्य गाउँबस्तीमा आइतवार अट्वारी पर्व धुमधामका साथ मनाईंदै छ । यो पर्वलाई भव्य रुपमा मनाउन गत केही दिनदेखि थारु समुदायमा तयारी तिव्र पारिएको थियो । महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने सबै तयारी पुरा गरिएको र आइतवार आफन्तजनसंग मिलेर पूजा गर्ने राप्ती सोनारीका हेमन्त चौधरीले बताउनुभयो । उहाँले आइतवार अधिकांश थारु समुदायका पुरुषहरु दिदीबहिनीका लागि ब्रत बसेको पनि बताउनुभयो । यस्तै नेपालगन्जका अर्का थारु अगुवा भगतराम थारुले अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै आइतवार दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा सोमवार बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइने बताउनुभयो । सोही प्रकारले बाँके बिनौनाका थारु अगुवा बिमला चौधरीले दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटव...