समाचारदाता
नेपालगन्ज, १५ भदौ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका–७ को वडा कार्यालयमा मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाहविरुद्ध अन्तर–पुस्ता सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा सदस्यहरू, सशस्त्र प्रहरीका निरीक्षक, नेपाल प्रहरीका सह–निरीक्षक, विद्यालयका शिक्षक, वडा सचिव तथा कर्मचारी, सामुदायिक अगुवा, बडघर, बाल क्लबका सदस्यहरू, युवादूत तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।
सो अन्तरपुस्ता संवादले समुदायमा जागरूकता अभिवृद्धि गर्ने, सहकार्य मजबुत बनाउन तथा बालबालिकाको सुरक्षित भविष्यकालागि सामूहिक कदम चाल्न प्रेरणादायी भूमिका खेलेको कुरा ...
समाचारदाता
नेपालगन्ज, भदौ ८ । २०८० सालमा आएको भुकम्पमा परेर अभिभावक गुमाएकी एक बालिकालाई बर्दिया बढैयाताल ३ पुष्पनगरका वरिष्ठ समाजसेवी एवं नेपाल प्रहरीका असई कुल बहादुर विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ ।
केही महिना पहिले मात्र असई बिकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पनि पुरस्कृत गरेको थियो । उहाँलाई दिईएको जिम्मेवारी कर्तव्यनिष्ट भइ संगठनको निति निर्देशन अनुसार कुशलताका साथ कार्य सम्पादन गरेकोमा नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो ।
२०८० साल कात्तिक १७ गते आएको भुकम्पमा परेर रुकुमको छेपारे रिम्नामा निधन भएको खडक बहादुर विकको छोरी भगवति सस्कृति सेकेन्डरी स्कुल तिलकाना बर्दियामा कक्षा २ अध्ययनरत बिद्यार्थी श्रीष्टि बिकलाई सहयोग स्वरुप समाजसेवी तथा असई विकले शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो ।
हाल बढैयाताल गाउँपालिका ३ पुष्पनगरमा आफ्नो आमाका साथ बस्दै आएकी बिद्यार्थी श्रीष...
समाचारदाता
नेपालगन्ज, भदौ ८ गते । बाँकेका थारु बाहुल्य गाउँबस्तीमा आइतवार अट्वारी पर्व धुमधामका साथ मनाईंदै छ । यो पर्वलाई भव्य रुपमा मनाउन गत केही दिनदेखि थारु समुदायमा तयारी तिव्र पारिएको थियो ।
महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने सबै तयारी पुरा गरिएको र आइतवार आफन्तजनसंग मिलेर पूजा गर्ने राप्ती सोनारीका हेमन्त चौधरीले बताउनुभयो ।
उहाँले आइतवार अधिकांश थारु समुदायका पुरुषहरु दिदीबहिनीका लागि ब्रत बसेको पनि बताउनुभयो ।
यस्तै नेपालगन्जका अर्का थारु अगुवा भगतराम थारुले अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै आइतवार दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा सोमवार बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइने बताउनुभयो ।
सोही प्रकारले बाँके बिनौनाका थारु अगुवा बिमला चौधरीले दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटवारी पर्...
समाचारदाता
नेपालगन्ज, भदौ ८ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा देखाएर टप १० भित्र पर्न सफल नेपालगन्जकी चेली नबिना रानाभाटलाई जिताउने अभियान बाँकेमा तिव्र पारिएको छ ।
चर्चित रियालिटी शो एक्टिङ स्टारमा टप १० भित्र प्रवेश गरेकी रानाभाटलाई जिताउन बाँकेका स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार, विद्यार्थि, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु क्रियाशिल हुनुहुन्छ ।
उहाँहरुले बाँकेकी स्टार चेली नबिनालाई भोट गरेर विजयी गराउन विभिन्न माध्यमबाट सबैसंग अनुरोध गरिरहनु भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ ।
अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप १० मा पुग्न सफल नबिनाले आगामी चरणमा लुम्बिनी प्रदेश र बाँके जिल्लाको कथा आफ्ना प्रस्तुत...
समाचारदाता
नेपालगन्ज, भदौ ७ । बिरयानी, कवाब र शोर्मा लगायतका खाने कुरामा अखाद्य हानिकारक कोलटार रंग मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपियाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेले नेपालगन्ज उप–महानगरपालिका वडा नं. ११ स्थित बिसमिल्ला होटलका संचालक मोहम्मद उमर साइ विरुद्द दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै एक लाख रुपिया जरिवाना र ६ महिनाको कैद सजाय गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज, बाँकेका खाद्य निरिक्षक रामहरी लामिछानेले दायर गर्नु भएको सो मुद्दामा जिल्ला अदालत बाँकेका न्यायधिश केशवराज चपाईको ईजलाशले फैसला सुनाउँदै प्रतिवादीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ (१) (ख) बमोजिम ६ महिना कैद र ए...
समाचारदाता
नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मधुबन–३, धनौरामा सो अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
सो कार्यक्रमको उदेश्य विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पु¥याउनुकासाथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, प्रधानाध्यापक सहित सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।
सुर...
सिराज खान
नेपालगन्ज, साउन ३० गते । बीस वर्षअघि सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षसँग भएको भिडन्तको क्रममा प्रहरी सहायक निरीक्षकको बायाँ खुट्टामा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकालिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा शल्यक्रिया गरेर लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक ईन्द्रनाथ योगीको बाँया खुट्टाबाट विहिबार गोलीको छर्रा निकालिएको अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा दीपा न्हुच्छे प्रधानले बताउनुभयो ।
उहाँले सो अस्पतालमा कार्यरत हार्डजोर्नी नशा तथा बाथरोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा।श्याम कृष्ण लौडारी, प्राविधिक प्रहरी निरीक्षक बृन्दा चापागाई, प्राविधिक प्रहरी नायब निरीक्षक प्रगति खड्का र प्रहरी जवान शान्ति सुनारलगायतको टोलीले विहिबार शल्यक्रिया गरेर गोलीको छर्रा निकालेको बताउनुभयो ।
प्रहरी सहायक ...
समाचारदाता
बर्दिया, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियाको मधुवन र गुलरिया नगरपालिका एवं बढैयाताल गाउँपालिकामा अभिमुखीकरण, अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको हो ।
युवाहरूले विश्वभर सामना गरिरहेका चुनौती र अवसरबारे सचेतना फैलाउने, सामाजिक समावेशितामा उनीहरूको सक्रिय सहभागिता बढाउने तथा उज्वल भविष्य निर्माणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उदेश्यले हरेक वर्ष बिश्वभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
गुलरिया र मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा, स्थानीय ट्राफिक प्रहरी तथा युवाहरूको उल्लेख्य उ...
समाचारदाता
नेपालगन्ज, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा वडा कार्यालय, महिला तथा बालबालिका शाखा र नेपाल प्रहरीको समन्वयमा मधुवन र राजापुर नगरपालिकामा एकसाथ सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा लागुपदार्थ सेवन र मानव बेचबिखनका कारण, जोखिम र रोकथामका उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी दिइएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
मधुवन–७ स्थित शुक्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय ढोढरीका प्रमुख प्रहरी निरीक्षक महेन्द्र सेन, महिला तथा बालबालिका इकाई प्रमुख इन्द्रा चुनारा र परियोजना संयोजक ईश्वर बिकेले मानवबेचविखन र त्यसबाट जोगिने उपायहरुका बारेमा सचेत पार्नुभयो ।
सो अवसरमा उहाँहरुले विद्यार्थीहरूले आफुले जानेका कुरा समाजका अन्य वर्गलाई पनि सिकाउन...
समाचारदाता
नेपालगन्ज, साउन २६ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र नयाँ दिल्लीबीच सिधा उडानका लागि आफूले पहल गर्ने बबताउनु भएको छ। सोमबार मन्त्रालयमा बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको टोलीले नेपालगन्ज दिल्लीको उडान शुर गराउन पहल गर्न आग्रह गर्दा उहाँले यस विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री राणाका अनुसार, यो उडानले नेपाल र भारतबीच कनेक्टिभिटी बढाएर पर्यटन, व्यापार र जनसम्पर्कमा वृद्धि गराउनेछ। यसले पश्चिम नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने छ। नेपालगञ्जमा पर्यटन पूर्वाधार तयार भइसकेकाले पनि यो उडान महत्वपूर्ण हुने उहाँले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा यो विषयलाई प्राथमिकता बनाउन टोलीले अनुरोध गरेको छ।
नेपालगन्ज दिल्ली...