२ माघ २०८२, बिहीबार

विविध

अभिभावक शिक्षाको प्रभाव ः बर्दिया मधुवनका अभिभावक धमाधम पढाइ कुनाको स्थापना गर्दै

अभिभावक शिक्षाको प्रभाव ः बर्दिया मधुवनका अभिभावक धमाधम पढाइ कुनाको स्थापना गर्दै

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, साउन ८ । बालिका शसक्त परियोजना अन्तर्गत अभिभावकहरूलाई लक्षित गरी प्रदान गरिएको अभिभावक शिक्षा कार्यक्रमबाट प्रभावित भएर बर्दियाका अभिभावकहरुले आफ्ना बालबालिकाकालागि आफै पढाइ कुनाको स्थापना गर्न थालेका छन् । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत बर्दियाका मधुवन, गुलरिया र बढैयाताल गरेर तीन पालिकाका अभिभावकहरूलाई अभिभावक शिक्षा प्रदान गरिएको थियो । सो शिक्षाबाट प्रभावित भएर अभिभावकहरुले आफ्ना बालबालिकाको शिक्षालाई गुणस्तरीय बनाउन धमाधम आफैले घरमा पढाई कुना स्थापना गरिरहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले बालबालिकाको समग्र विकासमा अभिभावकहरूको सक्रिय भूमिका सुनिश्चित गर्नका लागि अभिभावक शिक्षा प्रदान गरिएको बताउनुभयो । सो क्रममा घरमै बालबालिकाको सिकाइ र विकासकोलागि...
असार महिनाको अविरल वर्षा र सुर्खेतदेखि डोल्पासम्मको जोखिमपूर्ण यात्रा

असार महिनाको अविरल वर्षा र सुर्खेतदेखि डोल्पासम्मको जोखिमपूर्ण यात्रा

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विचार, विविध
अधिवक्ता मीना पराजुली असारको रिमझीम वर्षासँगै सुरु भएको डोल्पाको यात्रा केवल भूगोल परिवर्तनको विषय थिएन । त्यो त आत्मा खोजको एक यात्रा जस्तै थियो । प्रकृतिसँग, चुनौतीसँग, र आफैंसँगको गहिरो संवाद । जुन २३ देखि २९ सम्मको ती सात दिन जीवनका लागि अविस्मरणीय मोड बनिरहेका थिएँ, जहाँ प्रत्येक घण्टा एउटा पाठ थियो, र प्रत्येक पाइला आत्मनिरीक्षणको निम्ति अवसर । असार महिनाको अविरल वर्षा, पहाडको गर्जन, बढ्दो खोलाको गर्जन, हिलोले ढाकिएका अनिश्चित बाटाहरू र भेरी कोरिडोरका अनगिन्ती अवरोधहरूबीच जुन २३ देखि २९ सम्मको त्यो यात्रा केवल डोल्पासम्मको गन्तव्य थिएन, त्यो त आत्मबल, धैर्य र जीवनबोधसँगको अन्तरंग यात्रा थियो । डोल्पा एक भौगोलिकस्थल मात्र होइन, एउटा अनुभव हो । त्यहाँ पुग्न नक्सा मात्र पर्याप्त हुँदैन, मन र आत्मा पनि तयार हुनुपर्छ । डोल्पा एक भौगोलिकस्थल मात्र होइन, एउटा अनुभव हो । त्यहाँ पुग्न ...
मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा नेपालगन्जमा बृहत्त बृक्षारोपण

मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा नेपालगन्जमा बृहत्त बृक्षारोपण

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असार १४ । जननेता स्वर्गिय मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिबार बाँकेमा नेकपा एमालेले बृहत् बृक्षारोपण गरेको छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले नेपालगन्जका दुई स्थानमा ५०० बढी बिरुवा रोपेको हो । मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालको अगुवाइमा नेकपा एमाले बाँकेको पार्टी कार्यालय परिसरमा तथा नेपाल उद्योग तथा ब्यवसायी महासंघ बाँकेका अध्यक्ष भिम रानाभाटको अगुवाइमा एकीकृत भंसार जाँचचौकी परिसरमा बृक्षारोपण गरिएको हो । पार्टी कार्यालय परिसरमा गरिएको बृक्षारोपणमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शान्ती ढकाल, केन्द्रीय सदस्य मोहमद हारुन, जिल्ला अध्यक्ष निरक गुरुङ, नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा , पार्टी पदाधिकारी एवं जनवर्गीय संगठनका नेताहरुको सहभागीता रहेको मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम...
मानवबेचविखन नियन्त्रण गर्न साथी संस्थाको सूचना केन्द्रलाई सामाग्री हस्तान्तरण

मानवबेचविखन नियन्त्रण गर्न साथी संस्थाको सूचना केन्द्रलाई सामाग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लबले नेपाल भारत सीमा नाका लगायतमा मानवबेचविखन बिरुद्ध काम गर्दै आएको एक संस्थालाई सुदृढ बनाउनुका साथै सेवालाई प्रभावकारी बनाउन बिभिन्न सामाग्री हस्तारन्तरण गरेको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा क्लबद्धारा बर्दियामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत साथी संस्थाद्वारा सञ्चालित सूचना केन्द्रलाई विभिन्न आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो । बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले मानवबेचविखन नियन्त्रणमा सघाउ पुग्ने गरि साथी संस्थाको सूचना केन्द्रलाई सक्षम बनाउन विभिन्न सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बिकले यो पहल मानव बेचबिखनबाट प्रभावित समुहहरूको सेवामा सुधार गर्न समुदायस्तरमै सेवा प्रवाह प्रणालीलाई सुदृढ बनाउने उदेश्य अन्तर्गत गरिएको ज...
बर्दियामा मानबबेचबिखन बिरुद्ध सन्देश दिन डिजिटल बोर्ड स्थापना

बर्दियामा मानबबेचबिखन बिरुद्ध सन्देश दिन डिजिटल बोर्ड स्थापना

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १२ । सुरक्षित आप्रवासन सम्बन्धी जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले बर्दियाको जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड स्थापना गरिएको छ । बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले रिबन काटेर उक्त बोर्डको औपचारिक उदघाटन गर्नुभएको थियो । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सो डिजिटल बोर्ड स्थापना गरिएको क्लबका उप निर्देशक गोबिन्द लामिछानेले बताउनुभयो । उदघाटन कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी कठायतले यस्तो सन्देशमूलक श्रव्य–दृश्य सामग्रीले सेवाग्राहीहरूलाई सुरक्षित आप्रवासन सम्बन्धी महत्वपूर्ण जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धिमा टेवा पु¥याउने ब...
जिल्लास्तरीय अनुगमन गर्दा बालिका शिक्षा कार्यक्रम खजुरामा प्रभावकारी भएको देखियो

जिल्लास्तरीय अनुगमन गर्दा बालिका शिक्षा कार्यक्रम खजुरामा प्रभावकारी भएको देखियो

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १२ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित श्री ज्ञानोद्धय नमुना माबिमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको जिल्ला स्तरीय संयुक्त अनुगमन गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा बुधवार सो संयुक्त अनुगमन गरिएको हो । बिद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको अनुगमन कार्यक्रमा उपस्थित बालिकाहरुले जलवायु परिवर्तन र त्यसको प्रभाव बारे बिस्तृत रुपमा जानकारी गराएका थिए । कक्षा ९ का छात्राहरु शाहीना खान, एलिसा एमसी र काश्मिन खान लगायतले निर्धक्क भएर जलवायु परिवर्तनको कारण, त्यसले पार्ने प्रभाव र त्यसबाट जोगिने उपायहरुको बारेमा सिकेका कुराहरु सुनाएका थिए । बालिका शिक्षा कार्यक्रम अतिनै प्रभावकारी भएको जनाउँदै वडा नम्बर तीनका वडा अध्यक्ष पूर्ण बहादुर भण्डारीले यो कार्यक्...
भारत लखनउमा पत्रकार खानसहित नाै जना नेपाली वरिष्ठ साहित्यकार सम्मानित 

भारत लखनउमा पत्रकार खानसहित नाै जना नेपाली वरिष्ठ साहित्यकार सम्मानित 

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ९ । भारत उत्तरप्रदेशको राजधानी लखनउमा वरिष्ठ पत्रकार तथा लेखक सिराज खानसहित नौै जना नेपाली साहित्यकारहरुलाई सम्मानित गरिएको छ । भारत र नेपालबिचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लखनउमा आइतबार आयाजना गरिएको नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्यिक उत्सवमा वरिष्ठ पत्रकार खानसहित नेपाली साहित्यकारहरुलाई साहित्य श्री सम्मानबाट सम्मानित गरिएको हो । सम्मानित हुनेहरूमा गोरखापत्रका वरिष्ठ समाचारदाता खानसहित नेपालका वरिष्ठ साहित्यकाहरहरु डा. हरिप्रसाद तिमिल्सिना, कल्पना पौडेल, डा इन्द्रबहादुर बस्नेत, ईश्वरी रिजाल, मिना बराल, ऋषिराम सापकोटा, सीता रिजाल र कलाकार खगेन्द्र नेपाल हुनुहुन्छ । उहाँहरूलाई साहित्य श्री सम्मानबाट सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उत्तर प्रदेश सरकारका अल्पसङ्ख्यक मन्त्री दानिस आजाद अन्सारीले नेपालका वरिष्ठ साहित्यकार तथा ल...
भारतको लखनउमा भारत-नेपाल अन्तर्राष्ट्रिय साहित्यिक मेला हुँदै

भारतको लखनउमा भारत-नेपाल अन्तर्राष्ट्रिय साहित्यिक मेला हुँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, असार ७ । भारत उत्तरप्रदेशकाे राजधानी लखनउमा नेपाल र भारतकाे साहित्य र संस्कृति प्रवर्द्धनका लागि एक विशेष कार्यक्रमको आयोजना हुने भएको छ। भारत र नेपाल बीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लखनउमा अन्तर्राष्ट्रिय साहित्यिक मेला २२ जुन २०२५ मा हुन लागेको रुबरु फाउन्डेसनका अध्यक्ष तथा भारतका वरिष्ठ साहित्यकार ईरशाद राहीले बताउनुभयो । उहाँका अनुसार साे साहित्यक मेलामा साहित्यकारहरूको सम्मान, कवि समेलन र सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। उक्त कार्यक्रमको आयोजनामा 'साहित्य उत्सव' नामक विशेष कार्यक्रमले प्रमुख भूमिका खेल्नेछ। कार्यक्रमको उद्देश्य भनेको साहित्य र संस्कृतिका विभिन्न विधाहरूको प्रवर्द्धन गर्नु रहेको जनाईएकाे छ । आयोजकका अनुसार यस कार्यक्रममा सहभागिता जनाउने साहित्यकार र लेखकहरूले आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर पाउनेछन्। साहित्यिक संवाद...
बजेटमा समुदायको सवाल सम्बोधन गर्न पहल

बजेटमा समुदायको सवाल सम्बोधन गर्न पहल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ६ । बजेटमा आफुले प्रतिनिधित्व गर्ने समुदायको सवालहरुलाई सम्बोधन गर्न जनप्रतिनिधिहरुले भूमिका निर्वाह गर्नुपर्ने शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका धारणा राखिएको छ । मधेश मानव अधिकार गृह (माहुरी होम) ले बाँकेका अल्पसंख्यक, सिमान्तकृत र दलित समुदायको अधिकारमा पहुँच अभिवृद्धिका लागि निर्वाचित कार्यपालिका सदस्यहरुलाई आयोजना दुई दिने क्षमता अभिवृद्धि तालिमका सहभागीहरुलाई संवैधानिक व्यवस्था अनुसार समुदायको प्रतिनिधित्व हुने गरेकाले बजेटमा पनि आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन सुझाव दिइएको हो । कार्यक्रमको अध्यक्षता गरेका माहुरी होमका निवर्तमान अध्यक्ष प्रेम चन्द जायसवालले संस्थाले उपेक्षित, सीमान्तकृत, दलित मधेशी, अल्पसंख्यक समुदायका लागि आवाज उठाउँदै उनीहरु केन्द्रित कार्यक्रम गर्दै आएका जानकारी दिएका थिए । उनले स्थानीय तह बजेट बनाउने प्रक्रियामा रहेकाले...
बर्दिया जिल्लाका चार पालिकाका युवाहरु सहभागि युवा भेला सम्पन्न

बर्दिया जिल्लाका चार पालिकाका युवाहरु सहभागि युवा भेला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, जेठ ३० । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो । सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बा...