समाचारदाता
नेपालगन्ज, जेठ २३ । बर्दियाको राजापुरमा विश्व वातावरण दिवसको अवसरमा बाढी कृत्रिम घटना अभ्यास गर्नुका साथै बृक्षारोपण समेत गरिएको छ ।
राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल, प्राक्टिकल एक्शन एक्शन एड, बि ग्रुप, बाँके युनेस्को क्लब, कमैया महिला जागरण संघ र थारु महिला उत्थान संघको सहकार्यमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका प्रभावलाइ कम गर्न कृत्रिम घटना अभ्यास र बृक्षारोपण गरिएको हो ।
राजापुर नगरपालिकाको रंगशालामा बृक्षारोपण र संघर्षनगरमा बाढीबाट बच्न कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
बाढी पूर्व र बाढी पश्चात मानवीय तथा भौतिक क्षतिलाई कसरी कम गर्ने तथा बाढी लगायत अन्य विपदलाई सामुहिक रुपमा कसरी सामना गर्ने भन्ने बिषयमा कृत्रिम घटना अभ्यास गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो कार्यक्रम...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । विश्व वातावरण दिवस २०२५ को अवसरमा “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नाराका साथ बर्दिया जिल्लामा प्लाष्टिक प्रदुषण न्युनिकरण अभियान अन्तर्गत बृक्षारोपण र सरसफाई गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसानल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मा बृक्षारोपण तथा सरसफाई गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, उपमेयर बिनाकुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नारायण पौडेल, वडा अध्यक्ष टेकबहादुर बडुवाल, वडा सदस्यहरू, नगरपालिका कर्मचारी, पर्यटन व्यवसायी, शिक्षक, विद्यार्थी तथा स्थानिय समुदायद्धारा बृक्षारोपण गरिएको थियो ।
सो अवसरमा बोल्दै ठाकुरबाबाका मेयर लम्सालले प्लाष्टिक प्रदूषणलाई यस युगको एक प्रमुख चुनौतीको र...
समाचारदाता
नेपालगन्ज, जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा जलवायु परिवर्तन बिरुद्धको एक्येवध्यता अभियानको औपचारिक शुभारम्भसंगै किशोरीहरुको क्षमता अभिबृद्धि कार्यक्रम बर्दिया जिल्लामा सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया र युवा संस्थासँगको समन्वयमा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना र वाईस्पार्क परियोजना अन्तर्गत सो अभियानको शुभारम्भ र क्षमता अभिबृद्धि कार्यक्रम गरिएको हो ।
सो कार्यक्रम जलवायु परिवर्तन र युवाको नेतृत्वमा केन्द्रित संवादका साथ सम्पन्न भएको जनाउँदै बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्द प्रसाद लामिछानेले सो अभियानले युवालाई जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, समुदायमा जलवायु सहनशीलताको पक्षमा वकालत गर्न र दिगो भविष्य निर्माणमा नेतृत्व गर्न सशक्त बनाउने बताउनुभयो ।
उक...
समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवन नगरपालिकामा बालबालिका तथा मानव बेचबिखन सम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरपुस्ता संवाद आयोजना गरिएको हो ।
संवाद कार्यक्रममा प्रहरी, स्थानीय सरकारका प्रतिनिधिहरू, समुदायका अगुवा, युवाहरू तथा नागरिक समाजका संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सो संवाद कार्यक्रमको सहजीकरण इन्द्र चुनाराले गर्नुभएको थियो । कार्यक्रमले पुस्ताबीचको अन्तरलाई कम गर्न र बालबालिका तथा संवेदनशील समूहहरूको सुरक्षा गर्न विभिन्न समाधानहरू खोज्न सहयोग गरेको बाँके युनेस्को क्लबले जनाएको छ ।
अन्तरपुस्ता संवादमा सहभागीहरूले आफ्ना अनुभवहरू खुलस्त रूपमा साझा गर्नुका साथै समस्याका मूल कारणहरूबार...
समाचारदाता
नेपालगन्ज, जेठ १९ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर आठमा बाल तथा मानवबेचविखनका सवालमा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत बालबालिका तथा मानव बेचबिखनसम्बन्धी बढ्दो चिन्तालाई सम्बोधन गर्न सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले बाल तथा मानवबेचविखन नियन्त्रणका लागि युनेस्को र प्लान नेपालले गरेका कार्यक्रम निकै प्रभावकारी रहेको जनाउँदै समुदायमा सचेतना आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा प्रहरी, स्थानीय सरकारी निकाय, समुदायका अगुवाहरू, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता वार्ड अध्यक्षले...
समाचारदाता
नेपालगन्ज, ४ जेठ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका किशोरीहरूलाई सशक्त बनाउन सञ्चालन गरेको दुई दिने “कला शक्ति हो” कार्यशाला सम्पन्न भएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत मधुवनमा सो कार्यशाला सञ्चालन गरेको थियो ।
कार्यशालाको समापन गर्दै मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले किशोरीहरुमा लुकेका विभिन्न प्रतिभालाई उजागर गरेर सोही माध्यमबाट उनिहरुलाई शसक्त बनाउने उदेश्यले आयोजना गरिएको यो कार्यशाला अतिनै सराहनीय रहेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताउनुभयो ।
सो अवसरमा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले यो कार्यशालाले किशोरीहरूलाई सक्रिय रहन र आत्मविश्वासका साथ अगाडि बढ...
समाचारदाता
नेपालगन्ज, २ जेठ । बर्दियाको राजापुर नगरपालिकामा सुरक्षाकर्मी र सरोकारवालाहरूकालागि मानव बेचबिखन नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाले आयोजना गरेको सो तालिममा नगरपालिकाका उपमेयर, वडा सदस्यहरू, महिला तथा बालबालिका विभागका प्रमुख, कार्यकारी सदस्यहरू, सूचना प्रविधि अधिकृत, सहायक प्रहरी निरीक्षकहरू र अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।
तालिमको उद्देश्य मानव बेचबिखन नियन्त्रण र निषेधित मानव यातायात गतिविधिहरू नियन्त्रण गर्न सीमा नाकामा संयन्त्र निर्माण लगायत सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्नु रहेको क्लबले जनाएको छ ।
तालिमको उदघाटन समारोहमा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर विकले तालिमको उद्देश्यमा...
समाचारदाता
नेपालगन्ज, १ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारास्थित थारु होम रिसोर्टमा हरित फोटो र भिडियोग्राफी सम्बन्धी तीन दिने तालिम विहिबारबाट सुरु गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो ।
शनिवारसम्म चल्ने सो तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेरका १० जना युवतीहरूले सहभागिता रहेको ग्रिन इकोनोमि परियोजनाका संयोजक राधेकृष्ण थारुले बताउनुभयो ।
उहाँका अनुसार सो तालिमको मुख्य उदेश्य वातावरणीय दिगोपन, हरित अर्थतन्त्र र जलवायु परिवर्तनमा केन्द्रित उच्च गुणस्तरका तस्बिर र भिडियोहरू खिच्ने क्षमता बढाएर युवा महिलाहरूलाई सशक्त बनाउनु हो ।
यसले उनीहरूलाई आफ्नो समुदाय भित्रका स्थानीय वातावरणीय मुद्दाहरू र हरित पहलहरूलाई दस्तावेजीकरण र हाइलाइट गर्न आवश्यक सीपहरू प्रदान गर...
समाचारदाता
नेपालगन्ज, बैशाख ३० । बर्दियाको मधुवन नगरपालिकामा मानव बेचविखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुकालागि बाल संरक्षण तथा मानव बेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ ।
मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो ।
उक्त तालिममा पालिकाका उपप्रमुख, नगरप्रवक्ता, वडा अध्यक्षहरु, महिला बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरु, बरिष्ठ सहायक प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको छ ।
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण समितिका सदस्यहरुको क्षमता विकास गर्ने उदेश्यले संचालित सो तालिमको उदघाटन सत्रको संचालन गर्दै बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले तालिमको उदेश्य बारे जानकारी गराउनुभयो ।
मधुबन नग...
अधिवक्ता मीना पराजुली
प्रारम्भ
कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मेरो सम्बन्ध गहिरिएको हो । म कर्णालीमा जन्मिएकी होइन । सन् २००९ को एउटा उज्यालो बिहान, जब म नेपालगञ्जबाट कर्णालीतर्फको यात्रा सुरु गरे, म केबल नयाँ ठाउँ जानलागेकी थिइन, आफ्नो सोच, दृष्टिकोण र जीवनको दिशा बदल्ने यात्रामा लागेकी रहेछु ।
राकमको एक सानो होटेलको छतबाट जब मैले पहिलो चोटि यहाँको कठोर यथार्थ नियालेँ विद्यालय नपुगेका बालबालिका, किशोरीहरूको चुपचाप गरिएको विवाह र महिलाहरूको अदृश्य संघर्ष, म अवाक् भएँ । हरियाली पहाडको अँगालोमा लुकेको त्यो मौन पीडा मेरो मनमा एउटा गहिरो प्रश्न बनेर उब्जियो यी हरियाली पहाड र नदीहरूको पछाडि किन यति पीडा ।
सुरुवातको साहस सानो कदम, गहिरो प्रभाव
मेरो पहिलो पहल अत्यन्त सामान्य थियो । एक गाउँमा बाल संरक्षणबारे संवाद गर्नु । तर जब एउटी आमाले भावुक...