२ माघ २०८२, बिहीबार

विविध

युवा महिलाको क्षमता विकासका लागि हरित फोटो र भिडियोग्राफी तालिम शुरु

युवा महिलाको क्षमता विकासका लागि हरित फोटो र भिडियोग्राफी तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, १ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारास्थित थारु होम रिसोर्टमा हरित फोटो र भिडियोग्राफी सम्बन्धी तीन दिने तालिम विहिबारबाट सुरु गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो । शनिवारसम्म चल्ने सो तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेरका १० जना युवतीहरूले सहभागिता रहेको ग्रिन इकोनोमि परियोजनाका संयोजक राधेकृष्ण थारुले बताउनुभयो । उहाँका अनुसार सो तालिमको मुख्य उदेश्य वातावरणीय दिगोपन, हरित अर्थतन्त्र र जलवायु परिवर्तनमा केन्द्रित उच्च गुणस्तरका तस्बिर र भिडियोहरू खिच्ने क्षमता बढाएर युवा महिलाहरूलाई सशक्त बनाउनु हो । यसले उनीहरूलाई आफ्नो समुदाय भित्रका स्थानीय वातावरणीय मुद्दाहरू र हरित पहलहरूलाई दस्तावेजीकरण र हाइलाइट गर्न आवश्यक सीपहरू प्रदान गर...
मधुवनमा मानव बेचविखन नियन्त्रण समितिको क्षमता विकास र घटना ब्यबस्थापन तालिम शुरु

मधुवनमा मानव बेचविखन नियन्त्रण समितिको क्षमता विकास र घटना ब्यबस्थापन तालिम शुरु

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख ३० । बर्दियाको मधुवन नगरपालिकामा मानव बेचविखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालाहरुकालागि बाल संरक्षण तथा मानव बेचबिखनका घटना ब्यबस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत सो तालिम संचालन गरिएको हो । उक्त तालिममा पालिकाका उपप्रमुख, नगरप्रवक्ता, वडा अध्यक्षहरु, महिला बालबालिका शाखा प्रमुख, कार्यपालिका सदस्यहरु, प्रधानाध्यापकहरु, बरिष्ठ सहायक प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको छ । मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण समितिका सदस्यहरुको क्षमता विकास गर्ने उदेश्यले संचालित सो तालिमको उदघाटन सत्रको संचालन गर्दै बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले तालिमको उदेश्य बारे जानकारी गराउनुभयो । मधुबन नग...
कर्णालीको आत्मिय यात्रा, एक आत्म कथा

कर्णालीको आत्मिय यात्रा, एक आत्म कथा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
अधिवक्ता मीना पराजुली प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मेरो सम्बन्ध गहिरिएको हो । म कर्णालीमा जन्मिएकी होइन । सन् २००९ को एउटा उज्यालो बिहान, जब म नेपालगञ्जबाट कर्णालीतर्फको यात्रा सुरु गरे, म केबल नयाँ ठाउँ जानलागेकी थिइन, आफ्नो सोच, दृष्टिकोण र जीवनको दिशा बदल्ने यात्रामा लागेकी रहेछु । राकमको एक सानो होटेलको छतबाट जब मैले पहिलो चोटि यहाँको कठोर यथार्थ नियालेँ विद्यालय नपुगेका बालबालिका, किशोरीहरूको चुपचाप गरिएको विवाह र महिलाहरूको अदृश्य संघर्ष, म अवाक् भएँ । हरियाली पहाडको अँगालोमा लुकेको त्यो मौन पीडा मेरो मनमा एउटा गहिरो प्रश्न बनेर उब्जियो यी हरियाली पहाड र नदीहरूको पछाडि किन यति पीडा । सुरुवातको साहस सानो कदम, गहिरो प्रभाव मेरो पहिलो पहल अत्यन्त सामान्य थियो । एक गाउँमा बाल संरक्षणबारे संवाद गर्नु । तर जब एउटी आमाले भावुक...
राजापुर नगरपालिकास्तरीय मानव बेचबिखन नियन्त्रण समितिको पुनर्गठन

राजापुर नगरपालिकास्तरीय मानव बेचबिखन नियन्त्रण समितिको पुनर्गठन

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, बैशाख २६ । बदियाको राजापुर नगरपालिकामा रहेको स्थानीय मानव बेचबिखन विरुद्धको समितिको एक कार्यक्रमका विच पुनर्गठन गरिएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारी र राजापुर नगरपालिकाको सहकार्यमा संचालन गरेको सुरक्षा परियोजना अन्तर्गत मानव बेचबिखन विरुद्धको समितिको एक कार्यक्रमका विच पुनर्गठन गरिएको हो । राजापुर नगरपालिकाका मेयर दिपेश थारूको अध्यक्षतामा सम्पन्न भएको बैठकमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन तथा परिचालन निर्देशिका २०७८ अनुसार १९ सदस्यीय समिति पुनर्गठन गरिएको परियोजना संयोजक ईश्वर बिकले बताउनुभयो । सो कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर थारुले स्थानीय सरकारले मानव बेचबिखन विरुद्ध प्रभावकारी कदम चाल्नका लागि सबै निकायसंग समन्वय र सहकार्य गर्दै अगाढी बढ्ने कुरा बताउनु भयो । उहाँले समितिले पनि क्रियाशिल भएर काम गर्नु प...
नेकपा माओवादी केन्द्र नेपालगन्ज ५ द्धारा हजयात्रीहरुलाई सम्मान

नेकपा माओवादी केन्द्र नेपालगन्ज ५ द्धारा हजयात्रीहरुलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, २३ बैशाख । यस वर्ष नेपालगन्जबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान लाग्नु भएका हजयात्रीहरुकालागि नेकपा माओवादी केन्द्रको वडा नम्बर ५ को वडा कमिटिले सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ । नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला सदस्य वरिष्ठ समाजसेवी कल्पना शर्माको संयोजकत्वमा मंगलवार आयोजना गरिएको हजयात्रीहरुको सम्मान तथा शुभकामना कार्यक्रममा हजयात्रीहरुलाई सम्मान गर्नुका साथै उनिहरुको हजयात्रा सफलताको शुभकामना व्यक्त गरियो । सो अवसरमा कार्यक्रम संयोजक शर्माले हजयात्रीहरुलाई माला लगाएर सम्मान गर्नुभयो भने अन्य अतिथिहरुले टोपी लगाएर शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका अध्यक्ष प्रेम शाहले हजयात्रामा जाने नेपालगन्जवासीलाई सम्मान गर्न पाउँदा खुशी लागेको जनाउँदै हजयात्राको सफलताको कामना गर्नुभयो । कार्यक्र...
मधुवन नगरपालिकाको वडा नम्बर आठ पनि वालविवाह मुक्त वडा घोषणा

मधुवन नगरपालिकाको वडा नम्बर आठ पनि वालविवाह मुक्त वडा घोषणा

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रीद्धारा प्रमाणपत्र बितरण समाचारदाता नेपालगन्ज, बैशाख २१ । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर आठलाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ । ‎लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसनाले एक भव्य समारोहका विच मधुवन नगरपालिकाको वडा नम्बर आठ वडालाई वालविवाह मुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री तिमिल्सेनाले वडा नम्बर आठका वडा अध्यक्ष मेक बहादुर गुरुङलाई बाल विवाहमुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सेनाले बालविवाह रोक्न संघसंस्थाले गरेको सहयोग निकै सराहनीय रहेको उल्लेख गर्दै सरकारले बाल विवाहलाई कडा रुपमा रोक्न सम्बिन्धत निकायलाई निर्देशन दिएको बताउनुभयो । बालविवाह विरुद्धको राष्ट्रिय रणनीतिक योजना अनुसार वडामा बालविवाहको दर १५ प्रतिशतभन्दा कम रहेमा बालविवाह मुक्त घोषणा गर्न सकिन...
सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालालाइ मानब बेचबिखन नियन्त्रण तालिम

सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालालाइ मानब बेचबिखन नियन्त्रण तालिम

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख १६ । बर्दिया जिल्लाको मधुबनमा सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाकालागि मानव बेचबिखन तथा ओसारपसार रोक्न दुई दिने तालिम सम्पन्न भएको छ । मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रणबारे सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यले सो तालिम संचालन गरिएको हो । मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित सो तालिममा पालिकाका उपमेयर, वडा अध्यक्ष, बरिष्ठ प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, शसस्त्र प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक लगायत २३ जनाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको समापन समारोहमा बोल्दै मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले मानव बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण गर्न स्थ...
बर्दियाको मधुवनमा युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक सम्पन्न

बर्दियाको मधुवनमा युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख १५ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो । उक्त बैठकमा मधुबन नगरपालिकाका १६ जना युवा दूतहरूको सक्रिय सहभागिता रहेको थियो भने उनिहरुले मानव तथा बाल बेचबिखन विरुद्ध अभियान संचालन गर्न बिभिन्न कार्य योजना प्रस्तुत गरेका थिए । मधुवनका युवा दूतहरुले तयार गरेको योजनाहरुमा सामाजिक सञ्जालमार्फतको अभियान, ह्यासट्याग मानब बेचबिखन बिरुद्धको अभियान, सामाजिक ब्यबहार परिवर्तन संचार सम्बन्धि भिडियो र वृत्तचित्र प्रदर्शन गर्ने, साताको भेटमा बाल बेचबिखनका कुरा शीर्षकको छलफल, सडक नाटक र ¥यालीहरू मार्फत मानवबेचविखन रोक्ने बिषयलाई समावेश गरिएको बाँके युनेस्को क्लबले...
बर्दिया मधुवनमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक सम्पन्न

बर्दिया मधुवनमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, बैशाख १३ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानवबेचविखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । उहाँले मानवबेचविखन तथा ओसार पसार रोक्न समितिले बिभिन्न कार्यक्रम तथा योजना बनाउनका लागि यो बैठकको आयोजना गरेको बताउनुभयो । सो बैठकको अध्यक्षता गर्दै मधुबन नगरपालिकाका उपमेयर तथा सो समितिका सदस्य अनिता चौधरीले यो समितिले स्थानीय सरकारको उदेश्य र कार्यक्रमलाई सुदृढ पार्ने दिशामा महत्वपूर्ण कार्य गर्ने जनाउँदै मानवबेचविखन तथा ओसारपसार रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो महत्वपूर्ण बैठकले मधुवनको स्थानीय ...
राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

राजापुरमा सुरक्षा परियोजनाको समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, बैशाख १२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न गरेको छ । क्लबका अनुसार सो बैठकमा २० जना युवा राजदूतहरूको सक्रिय रूपमा सहभागिता रहेको थियो भने उहाँहरुले बाल बेचबिखन विरुद्ध संघर्ष गर्नका लागि तयार पार्नु भएको आफ्नो कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो । युवा राजदूतहरुले प्रस्तुत गर्नु भएको योजनाहरु सामाजिक सञ्जाल अभियान, ह्यासट्याग अभियान, बेचविखन विरुद्ध सचेतना फैलाउने भिडियो र वृत्तचित्र प्रदर्शन, साताको भेटमा बाल बेचबिखनका कुरा सम्बन्धि शीर्षकको छलफल, सडक नाटक र चेतनामूलक ¥यालीहरूमार्फत बेचविखनको मुद्दालाई सम्बोधन गर्ने बिषयमा केन्द्रित रहेका थिए । सो बैठकमा ती योजनाहरुका बारेमा बिस्तृत र...