जनताको घरआँगनमै पुगेर भरोसा जुटाउँदै बाँके २ का उम्मेदवार विष्ट
समाचारदाता
नेपालगन्ज, माघ ११ गते । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले डुडुवा गाउँपालिकाका विभिन्न वडामा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट शुरु गर्नुभएको छ। चुनावी प्रचारप्रसारका क्रममा डुडुवा पुगेका बिष्टले स्थानीय नागरिकसँग संवाद गर्दै उनीहरूको दैनिक जीवनका समस्या, अपेक्षा र चाहनाबारे नजिकबाट बुझ्ने प्रयास गर्नुभएको हो।
टोल–टोल र बस्तीमा पुगेर बिष्टले किसान, मजदुर, महिला, युवा तथा ज्येष्ठ नागरिकसँग खुलेर कुरा गर्नुभयो । नागरिकहरूले कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सडक र बाढी–डुबानजस्ता विषय उठाएका थिए। बिष्टले ती विषयलाई ध्यानपूर्वक सुन्दै व्यवहारिक समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो।
भेटघाटका क्रममा बिष्टले आफू जनताको बीचबाट आएको उम्मेदवार भएको उल्लेख गर्दै भन्नुभयो, “जनताको समस्या नबुझी नीति बनाउँदा परिवर्तन...









