मधुवनमा जलवायु परिवर्तन, लैङ्गिक समानता र विपद् व्यवस्थापन अभिमुखीकरण सम्पन्न
समाचारदाता
नेपालगन्ज, जेठ ३० । बर्दियाको मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब र मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा वाश समितिका सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू गरी ४५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्देश्य विद्यालयका नीतिहरू, भौतिक संरचना र अभ्यासमा लैङ्गिक समानता प्रवद्र्धन गर्नु, विद्यालयका निर्णय प्रक्रिया र गतिविधिमा बालिका, सीमान्तकृत लैङ्गिक पहिचान भएका व्यक्तिहरू तथा पछाडि पारिएका समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नु, लैङ्गिक विभेद न्यूनीकरण गर्न...









