गुलरियामा युवा सशक्तिकरणसम्बन्धी अन्तरक्रिया र वार्षिक योजना तर्जुमा सम्पन्न
समाचारदाता
नेपालगन्ज, भदौ ३ । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा युवासम्बन्धी अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत सो अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम गरिएको हो ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले कार्यक्रमको प्रमुख उद्देश्य युवालाई सशक्त बनाउने, स्थानीय निर्णय प्रक्रियामा उनीहरूको सार्थक सहभागिता सुनिश्चित गर्ने, हानिकारक सामाजिक प्रथालाई चुनौती दिने तथा स्वस्थ एवं मर्यादित समाज निर्माणमा योगदान पुरयाउनु रहेको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमले बालविवाहविरुद्ध निरन्तर वकालत गर्नुपर्नेमा जोड दिँदै युवा तथा किशोर क्लबहरूलाई परिणाममुखी कार्यमा सक्रिय हुन प्रेरित गर...









