समाचारदाता
नेपालगन्ज, फागुन २८ । बाँके यूनेस्को क्लबले बर्दिया जिल्लाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा बाख्रा, बङ्गुर तथा स्थानीय कुखुरा पालन सम्बन्धी ३० दिने व्यवसायिक तालिम सञ्चालन गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।
तालिममा मुख्यतः युवतीहरू सहित ३० जना सहभागी रहेका छन् । उनीहरूको सीप अभिवृद्धि गर्दै हरित व्यापार र सूक्ष्म उद्यममार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको क्लबले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकामा आयोजित तालिम उद्घाटन कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष कमल चपाईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष अमिन थारु, रोजगार सेवा केन्द्र प्रमुख रविन्द्र अर्याल, एमआईएस अधिकृत पुष्कर न्यौपाने लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको...
समाचारदाता
नेपालगन्ज, फागुन १७ । निर्वाचन हुन तीन दिन मात्र बाँकी रहेको अवस्थालाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी बाँके क्षेत्र नं २ ले बृहत मोटरसाइकल र्याली प्रदर्शन गरेको छ। चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला गरिएको यो शक्तिप्रदर्शनले नेपालगन्जको मुख्य सडक र गल्लीहरू उत्साहले भरिएका थिए।
र्यालीमा बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार युवा नेता दिपेन्द्र बिष्टलाई गाडीको पछाडिको डालामा उभ्याइएको थियो। सयौंको संख्यामा मोटरसाइकलसहित समर्थकहरूले नेपालगन्ज परिक्रमा गर्दै नाराबाजी र अभिवादनमार्फत समर्थन व्यक्त गरेका थिए।
नेपाली कम्युनिस्ट पार्टी बाँकेको पार्टी कार्यालय नेपालगन्ज बसपार्क रोडबाट सुरु भएको र्यालीले शहरका प्रमुख चोक, बजार र आवासीय क्षेत्र परिक्रमा गरेको निर्वाचन परिचालन समितिकी संयोजक पुर्णा कुमारी सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार, र्यालीमा य...
समाचारदाता
नेपालगन्ज, फागुन १७ । विभिन्न राजनीतिक दल परित्याग गरी साढे तीन सयभन्दा बढी जेनजी युवाहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकाृ सो पार्टीको नेपालगन्ज उपमहानगर कमिटिले जनाएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ मा आयोजित एक कार्यक्रममा उनीहरुलाई पार्टीमा स्वागत गरिएको जसपा नेपालका युवा नेता अब्दुल अजिज हलवाइले बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवारी दिएका कमरुद्दिन राईलाई समर्थन जनाउँदै युवाहरु जसपामा आबद्ध भएको उनले जनाए। जसपाका बुथ कमिटी अध्यक्ष हल्वाईको नेतृत्वमा आयोजित कार्यक्रममा राईले नवप्रवेशी युवाहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराए।कार्यक्रमलाई सम्बोधन गर्दै राईले पछिल्लो समय युवाहरुको आकर्षण जसपातर्फ बढ्दै गएको दाबी गरे।
उनले नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारी सम्हाल्दा विभिन्न कारणले अपेक्षित विकास गर्न ...
समाचारदाता
नेपालगन्ज, फागुन १४ । जनता समाजवादी पार्टी नेपालका बाँके २ का उम्मेदवार तथा नेपालगन्जका निवर्तमान उपमेयर कमरुद्दीन राइले पार्टीका केन्द्रिय अध्यक्ष मधेशीमा मसिहा उपेन्द्र यादवको नेपालगन्ज भ्रमणपछि जनताको समर्थन बृद्धि हुन गइ आफु जित नजिक पुगेको बताउनुभएको छ । उहाँले मेधश आन्दोलनका कमाण्डर नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री नेपालगन्ज र डुडुवा पुगेर चुनावी सभामा सहभागि भइ विभिन्न मतदातासंग भेटघाट गरेर गएपछि जनता समाजवादी पार्टीको लहर फेरी फर्किएको र जताततै मधेशी समुदायमा समर्थन बढेको दावी गर्नुभयो ।
मधेश आन्दोलनमा सहीद हुने भूमिका रुपमा परिचित डुडुवाले उपेन्द्र यादवकै नेतृतवमा पुन एक पटक विश्वास व्यक्त गरेकोले यस पटक पुन यो क्षेत्रमा जसपा नेपालको जित हुने निश्चित देखिएको उम्ेदवार राईको भनाई थियो । उहाँले यादवको आमसभामा सहभागि सयौं महिला पुरुषले मधेशीको अधिकार अझैपनि प्राप्त नभए...
समाचारदाता
नेपालगन्ज, फागुन १४ । नेपाली कम्युनिष्ट पार्टीबाट बाँके २ का उम्मेदवार दिपेन्द्र विष्टको मतदाता भेटघाट र घरदैलो तिव्र रुपमा जारी छ । विहिबार उहाँले नेपालगन्ज २२ किंगरियन पुरवा पुगेर त्यहाँका विपन्न र आर्थिक रुपमा निकै पछाडी परेको समुदाय किंगरियनहरुको घरमा बसेर उनिहरुको दुख पिडा र समस्या बुझ्ने प्रयास गर्नु भएको छ । उहाँ अतिनै पिछडिएको सो बस्तीमा पुग्दा मतदातामा एउटा अनौठो उत्साह उत्पन्न भएको थियो ।
बर्षौदेखि शिक्षा र स्वास्थ्यसंगै विकास र आर्थिक रुपमा पनि पछाडी परेका किंगरियनपुरवाका स्थानीयले निर्वाचनको बेला मत माग्न आउने तर जितेर गएपछि फेरी फर्केर नआउने प्रवृतिका कारण आफुहरु सधैं पछाडी परेको गुनासो गरे । उनिहरुले गाउँबस्तीको अवस्था घर परिवारको अवस्था र बालबालिकाको अवस्था बारे स्थलगत रुपमै विष्टलाई लगेर देखाए अनि बुझाए ।
गाउँलेहरुको कुरा सुनेर उम्मेदवार विष्टले आफु अरु उम्मे...
समाचारदाता
नेपालगन्ज, फागुन १३ । पश्चिमको ठूलो शहर नेपालगन्ज बाँके निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ । यसै क्षेत्रमा छिमेकको डुडुवा गाउँपालिका पनि पर्छ ।
तर, विकासको दृष्टिले दुबै ठाउँमा आँँकाश जमिनको फरक छ । त्यस्तो फरकलाई समाप्त पार्नकै लागि नेपालगन्ज–डुडुवा ‘कनेक्टिभिटी’ सो क्षेत्रका एमाले उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको मुख्य प्राथमिकतामा परेको छ ।
उहाँले केही दिनअघि सार्वजनिक गर्नुभएको प्रतिवद्धता पत्रमा पूर्वाधार अभाव झेलिरहेको डुडुवा गाउँपालिकालाई पूर्वाधार सम्पन्न बनाउने कुरालाई महत्वका साथ राख्नु भएको छ ।
पूर्वमन्त्री राई भन्नुहुन्छ–‘नेपालगन्जबाट डुडुवा निस्किएको मान्छेले विकासको फरकपना महसुस नगरोस् । धेरै सम्भावना र आशा हुँदाहुँदै पनि डुडुवा पछि परेको छ । तर अब बिगतको जस्तो हुँदैन ।’
छोटो समयका लागि भौतिक पूर्वाधार मन्त्री हुँदा पनि राईले डुडुवा क्षेत्रका सडक र प...
समाचारदाता
नेपालगन्ज, फागुन १३ । मंगलवार शक्ति प्रदर्शन गरेर सबैलाई झस्काउन सफल भएका बाँके २ का उम्मेदवार दिपेन्द्र विष्ट फेरी बुधवार विहानैबाट मतदाता भेटघाट र घरदैलोमा कस्सिएका छन् । उनले बिहानको शीतल हावासँगै नेपालगन्ज–१४ का टोलहरूमा पुगेर चुनावी चहलपहललाई बढाउनुका साथै जनतासंग आत्मियता समेत बढाएका छन्। बुधबारबाट बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिष्ट बिहानैदेखि फेरी घरदैलो अभियानमा सक्रिय भएका हुन् ।
घर–घरमा पुगेर उनले मतदातासँग आत्मीय संवाद गर्दै वृद्धवृद्धा, महिला र युवासँग बसेर स्थानीय समस्या सुन्नुका साथै मतदान कसरी गर्ने भन्ने व्यावहारिक जानकारी पनि दिएका छन्। मतपत्रमा सही चिन्ह लगाउने तरिका सम्झाउँदै उनले सही मत नै सशक्त आवाज भएको जनाउँदै मतलाई मदर नहुने गरि मतदान गर्न अनुरोध गरे ।
आफ्नो प्रमुख एजेन्डा ‘भ्रष्टाचार शून्य बाँके–२’ लाई पुनः दोहोर्याउँदै उन...
समाचारदाता
नेपालगन्ज । बाँके क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पाटीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको पक्षको माहोल बिस्तारै लहरको रुप लिंदै गएको नेकपा बाँकेले जनाएको छ। नेपालगन्ज र डुडुवाको टोल–टोल र गाउँ गाउँमा भइरहेको घरदैलो अभियान, प्रत्यक्ष संवाद तथा जनतासँगको भेटघाटले चुनावी वातावरणलाई बिष्टतर्फ उन्मुख बनाएको स्थानीयले जनाएका छन् ।
नेपालगन्जदेखि डुडुवाका ग्रामीण बस्तीहरूमा किसानका खेतदेखि युवा जमघट र महिला समूहका छलफलसम्म, बिष्टको समर्थन केवल औपचारिक नभई बिश्वास गर्ने माध्यम बनेको सहभागीहरू बताउँछन्। “हामीलाई सुन्ने र हाम्रो बीचमा रहने नेतृत्व चाहिएको हो,” एक स्थानीयले भने, “त्यही कारण विष्टका लागि माहोल सकारात्मक देखिएको छ।”
विशेषगरी युवापुस्तामा देखिएको सक्रियता र महिलाहरूको सहभागिताले चुनावी रङलाई थप गाढा बनाएको उम्मेदवार विष्ट स्वयं बताउँछन्। उनले रोजगारी,...
समाचारदातता
नेपालगन्ज, फागुन १० । निर्वाचनको मिति नजिकिंदै जाँदा बाँके २ मा प्रचार प्रसारलाई उम्मेदवारहरुले तिव्र पारेका छन् । सो क्रममा प्रमुख दलका उम्मेदवारहरु निकै अक्रामक रुपमा प्रचार प्रसारमा जुटेको देखिन्छ । एमालेका उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले विकासका थुप्रै योजनाहरु अघि सारेर विगतमा गर्न बाँकी रहेका कामहरु पुरा गर्न जनताको समर्थन र सहयोग माग्दै घरदैलो र भेटघाटलाई तिव्र पार्नु भएको छ ।
उहाँले सामाजिक सदभाव र विकास नै कुनै पनि ठाउँको प्रगतिका लागि अति आवशयक रहेको जनाउँदै नेपालगन्जलाई राजधानी बनाउन नदिएर पछाडी पार्नेहरुनै अहिले ठुला ठुला कुरा गरेर जनतालाई भ्रमित गर्ने कार्यमा लागेको बताउनुभयो । पुर्वमन्त्री राईले हरेकजसो कार्यक्रम र भेटघाटमा नेपालगन्जलाई प्रदेशको राजधानी नबनाएर यो सहरसंग ठुलो धोखा गरिएको जनाउँदै अहिले जनताले हिसाब माग्ने बेला आएको बताउँदै आउनु भएको ...
समाचारदातता
नेपालगन्ज, फागुन १० । बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जिएमले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ । निर्वाचन परिचालन समितिका संयोजक राजकुमार विकको अध्यक्षतामा खजुरा गाउँपालिका–१ स्थित पुरानो गोदावरी कटेजमा आइतबार आयोजित कार्यक्रममा उक्त सङ्कल्प पत्र सार्वजनिक गरिएको हो ।
पत्रकारहरूमाझ सार्वजनिक गरिएको सङ्कल्प पत्रमा क्षेत्र नं ३ को समग्र विकासका लागि स्पष्ट कार्यदिशा प्रस्तुत गरिएको छ । सङ्कल्प पत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, खानेपानी, सिँचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ग्रामीण र सहरी क्षेत्रबिच सन्तुलित विकास सुनिश्चित गर्दै दीर्घकालीन योजनामार्फत क्षेत्रको मुहार फेर्ने लक्ष्य राखिएको उल्लेख छ ।
...