१३ चैत्र २०८२, शुक्रबार

मुख्य समाचार

प्रधानमन्त्री बनेका नेताहरुको क्षेत्रभन्दा बाँके २ मा बढी विकास भएको छ–पुर्वमन्त्री राई

प्रधानमन्त्री बनेका नेताहरुको क्षेत्रभन्दा बाँके २ मा बढी विकास भएको छ–पुर्वमन्त्री राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, पुस ६ । जनता समाजवादी पार्टी (जसपा) का महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले देशका ठुला ठुला नेताहरुको निर्वाचन क्षेत्र भन्दा बाँके क्षेत्र नम्बर २ मा बढी बिकास भएको दावी गर्नु भएको छ । उहाँले निर्वाचन जितेर पटक पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा र माधवकुमार नेपालको निर्वाचन क्षेत्रभन्दा बाँके क्षेत्र नम्बर २ मा धेरै राम्रो विकास भएको बताउनुभयो । खजुरा गाउँपालिकाको उढरापुर चोकमा बाँके क्षेत्र नम्बर ३ का नागरिकसँग प्रत्यक्ष सम्वाद गर्दै उहाँले आफुले अझैपनि बाँकेलाई झन बढी बिकसित र राम्रो बनाउने योजना र लक्ष्यका साथ अघि बढेको जानकारी गराउनुभयो । विगतका निर्वाचनहरुका बेला आफूले गरेको बाचा र योजनाले मूर्त रुप लिइरहेको जनाउँदै उहाँले गत निर्वाचनमा चुनाव जितेकाले सिन्को पनि न भाँचेको बताउनुभयो । उहाँले गत प...
युवा महिलालाई वातावरणीय सचेतनाकालागि फोटो तथा भिडियोग्राफी तालिम

युवा महिलालाई वातावरणीय सचेतनाकालागि फोटो तथा भिडियोग्राफी तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा गुणस्तरीय फोटो तथा भिडियो निर्माण गर्ने सीप विकास गरी सशक्त बनाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । साथै, स्थानीय तहमा रहेका वातावरणीय समस्या तथा हरित पहलहरूलाई दस्तावेजीकरण गर्दै भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारलाई सचेत गराउने क्षमता विकास गर्नु पनि तालिमको लक्ष्य रहेको क्लबले जनाएको छ । सो तालिमको क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय, सुर्...
बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
पालिकाका दुई वडामा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा समाचारदाता नेपालगन्ज, पुस ४ । “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ७, तिलकनास्थित आधारभूत स्वास्थ्य केन्द्रलाई किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशसभा सदस्य कबिराम थारु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सो कार्यक्रममा किशोर–किशोरी, युवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, प्रधानाध्या...
डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

डुडुवा र खजुरामा परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ४ । बाँकेको डुडुवा र खजुरा गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत दुबै पालिकामा छुट्टा छुट्टै सो अनुगमन तथा बैठक सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा डुडुुवा गाउँपालिकामा पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायत पालिकाको स्वास्थ्य, कृषि र योजना शाखाको सहभागिता रहेको थियो । सोही प्रकारले खजुरा गाउँपालिकामा सम्पन्न बैठक र अनुगमनमा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वली, प्रमुख प्रशासकीय अधिकृत, कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र लगायत स्थानीय गाउँपालिकाको वि...
बर्दियाको राजापुरमा मानव बेचबिखन विरुद्ध समन्वय र सहकार्यकालागि अन्तक्र्रिया

बर्दियाको राजापुरमा मानव बेचबिखन विरुद्ध समन्वय र सहकार्यकालागि अन्तक्र्रिया

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखनका घटनामा प्रभावकारी समन्वयकालागि सीमा क्षेत्रमा कार्यरत जिम्मेवार निकायहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुरक्षा परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नीति निर्माण तहका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप–प्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधि, वडा अध्यक्षहरू, स्थानीय मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरू तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । नेपाल प्रहरी महिला तथा बालबालिका सेवा इकाइ राजापुरकी प्रमु...
बर्दियाका युवालाई डिजिटल मार्केटिङसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम

बर्दियाका युवालाई डिजिटल मार्केटिङसम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको ठाकुरद्वारामा युवाहरूकालागि तीनदिने डिजिटल मार्केटिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । क्लबले ग्रीन इकोनोमी परियोजना अन्तर्गत सञ्चालन गरेको तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाबाट समान रूपमा १५–१५ गरी जम्मा ३० जना युवाको सहभागिता रहेको थियो । तालिमको मुख्य उद्देश्य युवाहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी आफ्ना उत्पादन तथा सेवाहरूको प्रवद्र्धन, व्यवसाय विस्तार, डिजिटल सामग्री निर्माण र अनलाइन बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नु रहेको थियो । तालिमका सहजीकरणकर्ता प्रभात खड्काले डिजिटल मार्केटिङको आधारभूत अवधारणा, हरित व्यवसायमा यसको महत्व, साधारण व्यवसायिक वेबसाइट निर्माण, फेसबुक तथा इन्स्टाग्राम बिजनेस पेज सञ्चालन, मेसेन्जर मार्केटिङ, पोस्टर, ...
बाँके युनेस्कोको सहकार्यमा बर्दियाका दुई पालिकामा संयुक्त अनुगमन 

बाँके युनेस्कोको सहकार्यमा बर्दियाका दुई पालिकामा संयुक्त अनुगमन 

ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपसँग सहकार्य गर्दै बर्दियाको मधुवन नगरपालिका तथा ठाकुरबाबा नगरपालिकामा संयुक्त अनुगमन सम्पन्न गरेको छ । अनुगमन भ्रमणको मुख्य उद्देश्य कार्यक्रम अन्तर्गत सञ्चालन भएका गतिविधिहरूको गुणस्तर र प्रभावकारिता मूल्याङ्कन गर्नु, लाभग्राहीहरूको सन्तुष्टि बुझ्नु तथा स्रोत साधनको सही उपयोगको अवस्था अध्ययन गर्नु रहेको थियो । अनुगमनका क्रममा मधुवन नगरपालिकास्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा श्रवण अपाङ्गता भएका विद्यार्थीहरूकालागि उपलब्ध गराइएका नेपाली सांकेतिक भाषा सामग्रीको प्रयोग अवस्था अवलोकन गरिएको थियो । त्यस्तै, ठाकुरबाबा नगरपालिका–बगनाहास्थित चुरे माध्यमिक विद्यालयमा प्रदान गरिएका विज्ञान प्रयोगशाला सामग्रीको अनुगमन गर्दै विद्यालयका शिक्षक, विद्यालय...
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस १ । बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि मधुवन नगरपालिकामा प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । ‎मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो । ‎तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार...
हरित अर्थतन्त्रको महत्वबारे ठाकुरबाबा र राजापुरमा अभिमुखीकरण

हरित अर्थतन्त्रको महत्वबारे ठाकुरबाबा र राजापुरमा अभिमुखीकरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस १ । बाँके युनेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन एकोनोमी परियोजना अन्तर्गत हरित अर्थतन्त्रको महत्व विषयक अभिमुखीकरण कार्यक्रम बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सम्पन्न भएको छ । दुबै नगरपालिकामा आयोजित कार्यक्रममा २५–२५ जना सहभागी रहेका थिए । कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय सरकार तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई हरित अर्थतन्त्रको अवधारणा, यसको महत्व र स्थानीय तहमा प्रयोगात्मक कार्यान्वयन बारे स्पष्ट बुझाइ प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । अभिमुखीकरणमा हरित अर्थतन्त्रका उत्कृष्ट अभ्यासहरू, नेपाल सरकारका विद्यमान कानुनी व्यवस्था तथा नीतिहरू, साथै नग...
बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला सम्पन्न

बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, २७ मंसिर । बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्देश्यसहित पाँचदिने संगठनात्मक रणनीति कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको सो कार्यशालाको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकीले पाँच वर्षे रणनीतिक योजनाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले यो योजना केवल कागजी दस्तावेज मात्र नभई संस्थाको दीर्घकालीन दृष्टि, सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गनिर्देशक दस्तावेज हुने प्रष्ट पार्नुभयो । क्लबका अनुसार सो कार्यशालाको मुख्य उद्देश्य प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै विपन्न बालबालिका, सीमान्तकृत समुदाय, पिछडिएका तथा सामाजिक रूपमा उत्पीडित वर्ग, युवा महिला र युवाहरूको जीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याउने दूरदर्शी पाँच वर्षे रणनीतिक योजना तयार गर्...