विद्यालयमा लैङ्गिक मैत्री शिक्षा, सरसफाई, प्रयाप्त शौचालय र छात्रालाई सेनेटरी प्याडको उपलब्धतामा बिशेष जोड
समाचारदाता
नेपालगन्ज, बैशाख १९ । संघीय सांसद जाबेदा खातुनले विद्यालयमा लैङ्गिक मैत्री शिक्षा, सरसफाई, प्रयाप्त शौचालय र छात्रालाई सेनेटरी प्याडको उपलब्धतामा बिशेष जोड दिनु पर्ने बताउनु भएको छ ।
उहाँले अहिले विद्यालयहरुमा प्रायजसो यिनै समस्याहरु देखिने गरेको जनाउँदै त्यसतर्फ ध्यान दिन सकिए विद्यालयलाई उत्कृष्ठ बनाउन सकिने बताउनुभयो ।
बाँके युनेस्को क्लबले प्लान नेपालको साझेदारीमा बासगढीमा सञ्चालन गरेको शिक्षकहरूलाई लैङ्गिक रूपान्तरण, समावेशी शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी तीनदिने क्षमता विकास तालिमको समापन गर्दै सांसद खातुनले सो बताउनुभयो ।
सो अवसरमा बोल्दै बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव मनप्रसाद रेग्मीले बालबालिकाहरुलाई संस्कारी र ब्यवहारिक शिक्षा विद्यालयबाट प्रदान गर्न विद्यालयका शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेकोले सो तर्फ सबैले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड...